पेस्तोल र गोली सहित चार जना पक्राउ

२९ पुष २०७८, बिहीबार मा प्रकाशित

सुनसरी ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई थान पेस्तोल र चार राउण्ड गोली सहित चार जनाको पक्राउ गरेको छ ।

सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा हातहतियार सहित केही ब्यक्तिहरु रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका -७ घुस्कीका २० बर्षीय सबीर मिया, ३१ बर्षीय सवरेज मिया, सोही स्थानका २५ बर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका ६ का २३ वर्षिय फरियाद अन्सारी रहेका छन् । सबीर मियालाई बुधवार राती सुनसरीको महेन्द्र चोकबाट पक्राउ गरिएको थियो ।

मियाको साथबाट प्रहरीले कटुवा पेस्तोल एक थान, गोली एक राउण्ड, र उनले प्रयोग गर्ने एक थान मोटरसाईकल सहित पक्राउ गरेको हो । त्यसैगरी मियाकै बयानका आधारमा अन्य ब्यक्तिहरु समेत हातहतियार सहित घुमफिर गरिरहेको भन्ने खूल्न आएसंगै तत्काल प्रहरी परिचालन भएकोमा, थप तिन जनालाई हतियार सहित पक्राउ गरिएको हो ।

सवरेज मिया सहित अन्य तिन जनालाई बिहिवार बिहान इनरुवा क्षेत्रबाट एक थान पेस्तोल, तिन राउण्ड गोली, दुई थान म्यागजिन र उनीहरुले प्रयोग गरेको दुई थान मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

हातहतियार सहित पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप गरी आवश्यक कानूनी प्रकृया अघि बढाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here