पथरीशनिश्चरे,
जिल्ला प्रहरी कार्यालय मोरङले तथा मातहतका प्रहरी सेवा केन्द्रहरूले कोभिड -१९ संक्रमण तथा रोकथाम गर्ने अभिप्रायले मास्क वितरण गरेका छन् ।
विहीवार जिल्लाका विभिन्न स्थानमा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “तपाईको मास्क खोई” अभियान संचालन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङ, सामुदायिक प्रहरी सेवा केन्द्रहरू तथा मातहत कार्यालयहरू समेतबाट ४हजार बढी थान मास्क बितरण गरिएको जनाइएको छ ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।