शर्त बन्देजको पालना गराऊ

३० पुष २०७८, शुक्रबार मा प्रकाशित

कुनै नयाँ वस्तुको रचना गर्न पुुरानो भङ्ग नै गर्नुपर्छ भन्ने मानसिकता बलियो भएको छ यसबेला । त्यहीकारण पुराना वस्तुहरु जो विगतका साक्षी हुन््, होेलान् ती भविष्यका लागि इतिहास र वर्तमानका लागि गौरवयोग्य वस्तु पनि । तर हाम्रो मानसिकता नै इतिहासबोध नगर्ने, अग्रज तथा अघिल्लो पुस्ताप्रति गौरव नगर्ने बन्दै गएको छ । त्यही मानसिकताले विगतमा आन्दोलनका नाममा विगतका स्वर्णीम दिन जोे इतिहास बनेका थिए ती सबैै अभिलेखहरुबाट, स्मृति र भौतिकताबाट विस्मृत पार्न भत्काइए, भङ्ग गरिए । यसले पुर्खा नै नभएको तर तिनै पुर्खाले खुन–पसिनाले आर्जन गरेकोे र त्यही आर्जित योेगदानको ब्याज खाएर रमाउने कृतघ्न जातिको लहरमा उभ्याउन थालेको छ ।

एकातिर आममानसिकता इतिहास नमान्ने बन्दैैछ भने अर्कातिर व्यक्ति लाभका निम्ति जस्तोसुकै कर्म गर्न पछि नपर्ने संस्कार बस्दैछ । देशको भौतिक विकासका लागि भनेर गरिने संरचना निर्माणमा हुन थालेकोे लापरवाही र अनुत्तरदायीपूर्ण कामले त्यसकोे उदाहरण दिन थालेको छ । शर्र्त, प्रतिबद्धता र वैधानिक आधार मिचेर गरिने अमसल काम त्यसको एउटा नमूना हो भने अर्को उदाहरण हो– समयमा काम नगर्ने, गरे पनि सम्पन्न नगर्ने र आममानिसलाई कष्ट दिने मानसिकता । हाम्रा धेरै आयोजनाहरुमा यस्तो समस्या असाध्य रोग भएर बसेको छ । त्यसको उपचार गर्नुपर्ने राजनीति र शासन सत्ताका सञ्चालकहरुले हो जो स्वयम् अनधिकृत र व्यक्ति लाभकोे घनचक्करमा हराएका छन् ।

त्यस्तै अव्यवस्थाको शिकार भएका छन् भद्रपुर–५ का बासिन्दा । निर्माणाधीन अवस्थामा रहेको हुलाकी मार्गमा पर्ने बसपार्क नजिकको जीर्ण पुल तत्काल बनाउने शर्तमा भत्काइयो । पुरानो र राजमार्गको मापदण्डमा नभएकोे सो पुल ट्रिपल सेल बक्स विधिमा निर्माण गर्ने ठेक्का खामपाते सेर्पा निर्माण सेवा काठमाडौंले लिएको छ । तीव्रगतिमा निर्माण सम्पन्न गर्ने सहमतिमा भत्काइएको पुल पन्ध्र दिनमा पनि निर्माण कार्य आरम्भ नभएपछि स्थानीय आक्रोेशित बनेका छन् । स्थानीयबासीको भद्रपुर बजार, मेची पुल जाने एकमात्र सो सडकमा भएको पुल भत्काएपछि त्यहाँको आवागमनमा मात्र होइन भद्रपुरको व्यापार व्यवसाय नै प्रभावित भएकोे छ । विकल्प पनि तयार नगरी भत्काइएको पुलका कारण समस्या भएपछि स्थानीय आक्रोशित भएका हुुन् । समयमा शर्त अनुुसार काम नगर्नेलाई स्थानीय सरकारले कानूनी दवाव दिनुपर्ने स्थानीयको मागलाई तत्काल सम्बोधन गरिनुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here