डस्विन हस्तान्तरणसहित सरसफाई

३० पुष २०७८, शुक्रबार मा प्रकाशित

झापा ।

वातावरण संरक्षण मञ्च नेपालले फोहोरमैला व्यवस्थापना सहयोग पुर्याउने उद्देश्यले डस्विन वितरण गरेको छ।

बिर्तामोड नपा-१० स्थित सैनिकबजारमा एक कार्यक्रमकाविच भूतपू्र्व सैनिकबजार टोल विकास संस्थालाई दुईवटा डस्विन वितरण गरिएको हो।

वातावरण संरक्षण मञ्च नेपालका कोषाध्यक्ष पूजा थापा तथा सदस्य चन्द्रबहादुर राईले भूतपूर्व सैनिकबजार टोल विकास संस्थाका अध्यक्ष अनुत सुब्बा र सदस्य निकेश गुरुङलाई एक कार्यक्रमकाविच एक-एक वटा डस्विन हस्तान्तरण गरेका थिए।

सैनिकसेवा समाजकी अध्यक्ष मनु मुखियाले सहजीकरण गरेको कार्यक्रममा भूतपूर्व सैनिकबजार टोल विकास संस्थाका अध्यक्ष अनुत सुब्बा, सैनिक खेलकूद विकास समितिका अध्यक्ष अमृत गुरुङ,पूर्वाञ्चल दैनिकका संवाददाता रत्नबहादुर बस्नेत,नेपाल बहुउद्देश्यीय सहकारी सैनिक शाखा प्रमुख सन्तोष ढुंगाना, समाजसेवी ओमबहादुर गुरुङ, सीता राईलगायतको उपस्थिति रहेको थियो।

यसैवीच सैनिकबजारको सरसफाइ गरिएको छ। सरसफाइ कार्य सम्पन्न भएको छ। वातावरण संरक्षण मञ्च नेपालदद्वारा आयोजित सरसफाइमा भूपू सैनिक टोलविकास समिति, नेपाल बहुउद्देश्यीय सहकारी संस्था, सैनिक खेलकूद समिति, बजारक्षेत्रदेखि महेन्द्रज्योति माविको खेल मैदानसम्म गरिएको सरसफाइ कार्यक्रममा नेपाल बहुउद्देश्यीय सहकारी लिमिटेड एनएमसी ले माक्स तथा पञ्जालगायत स्वास्थ्य सुरक्षाका सामाग्री सौजन्य गरेको सहकारीका बजार प्रतिनिधि निशा लिम्बूले जानकारी दिइन।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here