धनकुटामा टिपर र्दुघटना हुँदा दुई जनाको मृत्यु

३० पुष २०७८, शुक्रबार मा प्रकाशित

धनकुटा ।

धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गास्थित कोशीलोक मार्गमा टिपर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टिपर चालक प्युठान मानदवी गाउँपालिका १ का २७ बर्षीय भुवन फेडी मगर र सह चालक दाङ बबई गाउँपालिका ३ का २१ बर्षीय नविन बिक रहेका छन् ।

आज बिहान ५ बजे धनकुटाबाट बसन्तपुरतर्फ वालुवाको लोड लिएर जाँदै गरेको बा.प्र.३–००१ क ०५४९ नम्बरको हाइवा टिपर बाटोभन्दा अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमानै मृत्यु भएको थियो ।

घटनास्थलमा प्रहरी चौकी हिले र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटिएको र शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here