बिर्तामोडमा वरिष्ठ लोक गायक सुरेश गन्धर्वलाई सम्मान

३० पुष २०७८, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

झापा बिर्तामोडमा वरिष्ठ लोक गायक सुरेश गन्धर्वलाई सम्मान गरिएको छ । सोही अवसरमा बिर्तामोडस्थित बालमिकी बिद्यालयको कक्षा २ अध्ययनरत ७ बर्षिया रोहिता तिम्सिनाले लोक गायक गन्धर्वको गीत गाएकी छिन् ।

बाल गायिका रोहिताले ‘रिङ्की बुङ्गको राँगालाई’ बोलको लोक गायक गन्धर्वको गीतलाई गाएर सवैलाई मनोरञ्जन दिलाएकी थिइन् । बालगायिका रोहिताले लोक गायक गन्धर्वको रिङ्की बुङ्गको राँगालाई बोलको गीत किड्स भर्जन समेत गाएर दर्शकमाझ ल्याउने भएकी छिन् ।

बिर्तामोडको सरगम संगितालयका सञ्चालक दिपक रायमाझीले लोक गायक गन्धर्वलाई शुक्रवार बिर्तामोडस्थित सरगम संगितालयमा सम्मान गरेका थिए । सोही कार्यक्रमकाबीच बालगायिका रोहिताले लोक गायक गन्धर्वको गीत गाएर सवैलाई आचार्यचकित बनाएकी उनका बुबा राम तिम्सिनाले बताए ।

रोहिताले गन्धर्वको उक्त गीत किड्स भर्जन गाएर एक हप्तापछि युट्वमार्फत सार्वजनिक गर्ने उनका बुबा रामले जानकारी दिएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here