सौर्यगतिको सूचक : माघेसंक्रान्ति पर्व

१ माघ २०७८, शनिबार मा प्रकाशित


हाम्रो चलनअनुसार बिक्रम सम्बतमा सबै महिनाको १ गतेलाई संक्रान्ति भन्ने चलन रहेपनि बर्षदिनको दशौं महिनाको रुपमा गणना गरिने माघ महिनाको पहिलो दिनलाई हिन्दुहरुको महत्वपुर्ण चाड “माघे–सक्रान्ति” का रुपमा मनाउने चलन छ । सौर्य गतिविधिसँग जोडिएर आफ्नो परिचय स्थापित गरेका १२ संक्रान्तिहरु बर्षभरीमा बाहृपटक आउँछन् । त्यसभित्र पनि माघे–सक्रान्तिलाई महत्वपुर्ण पर्वका रुपमा नेपालका बिभिन्न भागमा आफ्नो चलन अनुसार हर्षाेल्लासपूर्वक मनाउने चलन छ । ज्योतिषशास्त्रीय गणित अनुसार माघ १ गते अर्थात माघे–सक्रान्तिमा “सूर्य” धनुराशिबाट मकरराशिमा प्रवेश गर्ने र दक्षिणायनको थालनी हुने, अर्थात उत्तर दिशाबाट दक्षिणायन भई दक्षिण दिशा तर्पm लाग्ने भएको मानिनेले यसै पर्वपछि दिन लम्बिदै जाने अनि रात छोट्टिंदै जाने परम्परा अनुसार जाडो पनि क्रमशः कम हुँदैजान शुरु हुनथाल्छ भनिएको छ ।
सक्रान्तिका नामबाट मनाइने चाडपर्वहरु सनातनदेखि चलिआएका सूर्य भगवानसँग सम्बन्धित सौर्य”पर्वहरु हुन् । महिनाको पहिलो दिनले महिना भरिका ब्यहोर्नुपर्ने लाभहानी, सुब्य–फाब्य सबैप्रकारका गतिविधिलाई संकेत गर्दछ, भनिएको छ ।

महिनाभरि सुब्य–फाब्य फलिफाप भईरहोस् भन्ने कामनाले मानिसहरु महिनाको पहिलो दिन धनधान्यकी देवी मातालक्ष्मीको आगमनको कामना लिएर घरआँगन लिपपोत गरी आ”आफ्ना घरमा सुग्घर–सफाईको अभियान नै संचालन गर्छन् ।
ग्रेगोरियन क्यालेण्डरका अनुसार जनवरी १५ मा पर्ने माघे–सक्रान्ति चिसो मौसम अन्तर्गत नै हुनेभएपनि यसदिन जाडोकोे पर्वाह नगरीे मानिसहरु नदीमा गई डुबुल्की मार्नेगर्दछन् । नेपालको पूर्वीभेगका मानिसहरु कन्काई नदीलाई माता ईश्वरीले प्रत्यक्ष बास गरेको, पवित्र नदी ठानेर बिहान ३÷४ बजे तिरै गई मकर”नुहाउने गर्छन् । यसदिन माईखोलामा नुहाउन जानेहरुको घुईंचो निकै ठूलो हुनेभएकाले बिशाल मेलाको रुप धारण गर्दछ । अत्यन्त बाक्लो भिड हुँनेभएकाले मानिस हराएका र भेटिएका बारेको सूचना मेला”संचालन समितिले माइकबाट गराइरहेका हुन्छन् । यस दिन नदीमा डुबुल्की मार्दै शरिर नुहाएमा शुद्धता, आरोग्यता, रोगब्याधबाट मूक्तीसँगै ईश्वर भक्ती”भावनासँगै सुखसमृद्धि प्राप्ति हुने विश्वासका कारण नुहाउने चलन परम्परा देखि रहेको देखिन्छ । नुहाइसकेर मन्दिरमा गई पूजापाठ गर्ने चलन छ । नदीतलाउमा गई डुबुल्की मार्न नभ्याउनेहरु घरैमा आफ्ना कुलदेवता, इष्टदेवताका पूजापाठबाट आत्मसनतुष्टी लिने गर्छन् ।

नेपालको पश्चिमी क्षेत्र कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ तिरका थारुजातीहरु नयाँ बर्षका रुपमा “माघीपर्व” माघे–संक्रान्तिलाई धुमधामसँग मनाउने गर्छन् । यो पर्वमा क्षेत्रीय र जातीय प्रचलन अनुसार मनाउने तरीका, प्रकार र विधिहरु आ–आफ्नै देखिएपनि प्रायः चन्द्रमासमा नै बढी चाडपर्व, व्रत–उत्सव, मेलाजात्राहरु मनाइने परम्परा रहेको पाइन्छ । चाडपर्वहरु धार्मिक, सास्ंकृतिक, व्यवहारिक तवरले फलदायी होस् भन्ने कामनाले नेपालीहरु ज्योतिषिहरुबाट साइत हेराउँदै के गर्दा अझ अशल सुब्यफाब्य हुन्छ भनेर जानकारी लिने र त्यसैअनुसार मनाउने चलन रहेको पनि देखिन्छ ।
यसदिन युरोपको स्पेनमा बुलफाइट (साँढे जुधाई) बाट मनोरञ्जन लिने प्रचलन रहेको पाइन्छ । त्यसैको झझल्को दिने गरी माघे सत्रंmान्तिका दिन गोरुजुधाउने मेला नुवाकोटको तारुका, बेत्रावती र घलेभञ्ज्याङमा पनि आयोजना गर्नेगरिन्छ । तीनै ठाउँमा गरी केही बर्ष अघि ४३ हल गोरु जुधाइएको समाचार पत्रपत्रिकामा पढ्न पाइएको थियो । नुवाकोटको तारुकास्थित चन्दनीमा आज कै दिन हल गोरु जुधाउँदा छबिलाल ढकालको तारे गोरुले भोजबहादुर भण्डारीको काले गोरुलाई बारीको पाटो मै लडाएर पराजित ग¥यो । । सञ्जय श्रेष्ठको कथुरेले शिवराम अधिकारीको बादुरेलाई पराजित गरेर ६ हजार प्राप्त ग¥यो हार्नेलाई पनि प्रोत्साहन स्वरुप नगद ४ हजार प्रदान गरिएको र चन्दनीमा प्रायः २२ हल भन्दा बढी नै गोरु भेला पार्ने गरिएको समाचार संचार माध्यममा आएको थियो ।

माघेसंक्रान्तिको अवसरमा पाल्पा, गुल्मी र स्यांजाको संगमस्थल नेपालको चारधाम मध्येको एकधाम मानिने रुरुक्षेत्र रिडीधाममा कालीगण्डकी स्नान गरी ऋषिकेश मन्दिरको दर्शन गरे पूण्य प्राप्त भई स्वर्गमा बासहुने जनविश्वास छ । कालीगण्डकी नदी प्रसिद्ध तीर्थस्थल दामोदर कुण्ड र मुक्तिनाथको शिरबाट उत्पत्ति भएकोले त्यसक्षेत्रमा ३ दिनको मेला लाग्ने चलनछ ।

माघे सक्रान्तिमा नदीमा गई नुहाउने प्रचलनका कारण मेची, महाकाली, कन्काईमाई, सप्तकोशी, सप्तगण्डकी आदि नदी किनारमा रहेका देवस्थलहरु, घाटहरु, दोभानहरु र त्रिवेणीहरु मकरस्नानमा धर्मप्रेमी यात्रुहरुको बाक्लो उपस्थितिले ठूलो घुइँचो भई प्रायः सबैतिर मेला हुनेगरेकाछन् । काठमाण्डौ उपत्यका ललितपुरको शङ्खमुल (वागमती र मनोहराको दोभान)मा पनि निकै ठूलो मेला लाग्दछ । रातो मच्छिन्द्रनाथको मन्दिरका साथै अहोरात्र यज्ञको आगो बलिरहने अग्निमठहरुमा पनि धार्मिक प्रेरणाले दर्शनार्थीहरुको बाक्लो उपस्थितिबाट मेला हुने गरेकाछन् ।
यसबारेको एउटा लोककथन यस्तो छ—
ग्राहकका रुचिअनुसारका सामाग्रीहरु लिएर एउटा ब्यापारी सँधै हाटबजार धाउँथ्यो, उ तिलको ब्यापार पनि गथ्र्यो । एकदिन जति बीक्रि गरेपनि तिल नघटेपछि असमञ्जसमा पर्दै तिलको बोरा यताउता पल्टाउँदै भित्र हात घुसाएर हेर्दा बोराको फेदमा नारायणको मूर्ति फेलाप¥यो । बजारमा यो बिषयले निकै ठूलो चर्चा पायो । जति बिक्री भएपनि तिल नसकिनुमा इश्वरीय चमत्कार रहेको मानेर सबैको सल्लाह र सहयोगमा भक्तपुरको टौमढीटोलमा तिलमाधव नारायणको सुन्दर मन्दिरको निर्माण गरिएको भनाई छ । माघेसक्रान्तिका दिन हिजोआज पनि श्रद्धालुहरु बिहानै त्याँहा गएर नुहाई पञ्चामृत, घिउ–चाकू र विशेष गरी तिलका लड्डूहरु चढाएर प्रसादको रुपमा ग्रहण गर्नेगर्छन् । यो घटनाले मानिसहरुको अझ घूईंचो भई ठूलो मेला लाग्ने गरेको छ ।

श्रद्धालु भक्तजनहरु यसदिन पवित्र मानिएका नदी किनारमा गई नुहाउने चलनले त्याँहा बढी भिडभाड भई मेला लाग्दछ । रमिता र रमाइलाको प्रबन्धका रुपमा प्रबन्ध–समितिको आम्दानी”खर्च ब्यवस्थापनकालागि पिङ, जादु, नाटक लगायतका मनलोभ्याउने सामाग्रीहरु पनि राखिदिने कारणले हेर्नेहरुको घुइँचो अझबढ्छ र मानिसहरु बिभिन्न प्रकारका खेलखेल्ने, नाचगान गर्ने र दोहोरीगीत गाउँदै रमाइलो गर्नेगर्छन् ।

प्रायः यसदिन आफ्ना छोराछोरीहरुको कपालमा आरोग्यताकोलागि शुद्ध तोरीको तेल घस्ने र कान सफा गरी तेल हालिदिने चलन पनि रहिआएको छ । बिहानै जाडोमा मकर नुहाउने मानिसहरु पारिलो घाममा बसेर घाम ताप्दै तोरीको तेल जीउमा घसेर शरिरलाई चिसोसँग लड्नसक्ने क्षमता अभिबृद्धि गराउने कार्यमा लागिरहेका देखिन्छन् । मकर–सक्रान्ति पर्वमा खिचडी, तस्मै, खीर, घ्यू, चाकू, तिलकालड्डू आदि बनाएर वा पकाएर देवदेवीहरुमा चढाउँने र उपस्थित सबैले प्रसादको रुपमा बाँडेर ग्रहण गर्ने चलन छ ।

हिन्दुसस्ंकृति अन्तर्गतको यस पवित्र माघेसक्रान्ति तथा मकरसंक्रान्ति पर्वलाई “नुहाउने पर्व” का रुपमा नुहाउनुलाई अनिवार्य भनिएको बिषयमा शरिर र शारिरीक सफाईको महत्वपूर्ण परम्परा, सामुहिक रुपको शरिर स्वस्थ र सफा राख्ने परिपार्टी साथै शरिरलाई स्वास्थ्य राम्रो र सफा राख्ने अभ्यासको निरन्तरता भनेर सामुहिक सम्बोधन गरे, नुहाउँदा शरिरलाई हुने फाइदाका बिषयमा ध्यानकेन्द्रित भई यस पर्वको महत्व र गरीमा अझ फराकिलो, सान्दर्भिक र सन्देशमूलक हुने थियो, भन्न सकिन्छ । [email protected]

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here