पातालगंगाको १३ औं सभा

३० पुष २०७८, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

झापाको बिर्तामोड –५ मा रहेको पातालगंगा बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

संस्थाका उपाध्यक्ष टंकप्रसाद भेटवालको अध्यक्षता तथा जिल्ला सहकारी संघका उपाध्यक्ष चम्पा खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सदस्य सञ्चार राईले स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष टंकप्रसाद भेटवालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका शेयर सदस्य एक हजार चार सय २९ जना, शेयर पुँजी एक करोड ६८ लाख ५४ हजार सात सय रुपैयाँ , निक्षेप संकलन २ करोड ४९ लाख ६३ हजार तीन सय ४८ रुपैयाँ ७४ पैसा , कर्जा लगानी २ करोड ७७ लाख ९३ हजार एक सय ८८ रुपैयाँ ६३ पैसा , कर्जा लगानी ८४ लाख ७३ हजार ९सय ५८रुपैयाँ ७४ पैसा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै कूल आम्दानी २६ लाख ४० हजार सात सय ५६ रुपैयाँ ५६ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै शेयर सदस्यलाई थप सेवा प्रदान गर्न प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, आई एम ई विप्रेशण सेवा संचालन गर्दै आएकोछ । जसबाट सेयर सदस्यहरुले विनुली विल , मोवाइल तथा टेलिफोन रिचार्ज हवाइटिकट आदिको ब्यवस्था हुनेछ ।

विविध कारणवश विगत केही समय देखि रिक्त रहेको संस्थाको अध्यक्षको पदका लागी वन्धसत्र पछि संस्थाका कार्यरत सचिव मोहनविक्रम मल्ललाई सर्वसम्मत चयन गरेकोछ भने सचिव पदका लागी संस्थाका सदस्य सञ्चार राई सर्वसम्मत तयन भएका छन्् ।

कार्यक्रममा जिल्ला वचत संघ भापाका हिमालयप्रसाद कन्दङ्वा, जिल्ला सहकारी संघका चम्पा खनाल, वुधनगर साकोसका सचिव देवीभक्त आचार्य, राष्ट्रिय हिन्दु मञ्च तथा चेतना नेपालका ईन्द्र ओलीले शुभकामना मन्तव्य राखेको थिए । कार्यक्रमको संचालन संस्थाका सचिव मल्लले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here