प्रेस चौतारी मोरङको अध्यक्षमा सुदीप कोइराला निर्वाचित

३० पुष २०७८, शुक्रबार मा प्रकाशित

पथरीशनिश्चरे,

प्रेस चौतारी मोरङका अध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । विहीवार भएको आठौं जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा सन्तोष राई र चीना थापा, सचिवमा शशांक पौडेल, सहसचिवमा सुमन घिमिरे तथा अर्जुन राई र कोषाध्यक्षमा विद्यानन्द चौधरीलाई निर्वाचित गरेको छ । त्यसैगरी, सदस्यहरुमा क्रमश : हरिहर नेपाल, दिपेश खतिवडा, कृष्णचन्द्र सुवेदी, दिपेन्द्र थापा, खगेन्द्र चौहान, शुक्रराज राई, राजकुमारी तामाङ, राजो उराँव, भूपेन्द्र कटुवाल, भूमीप्रसाद पाठक, कृष्ण कोइराला, निशान्त ढुङ्गाना, मनोजकुमार महतो, सामना भट्टराई, सम्झना चौधरी, इश्वर दुलाल, रोमा दाहाल र तिलक नेपाल निर्वाचित भएका छन् ।

आठौं जिल्ला अधिवेशनको अवसरमा जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट उर्लाबारीका पत्रकार जगन्नाथ भट्टराईलाई पुरस्कृत गरिएको छ । भट्टराईलाई नगद १५ हजार ५ सय सहित सम्मानित गरिएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष विक्रम लुईटेल, रामचन्द्र अधिकारी, सल्लाहकार डिल्ली पोखरेललाई समेत सम्मान गरिएको थियो ।

जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष लीलाराज भट्टराई, प्रेस चौतारी नेपालका लेखा संयोजक विक्रम लुईटेल, नेकपा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की, सचिव रुपेश खतिवडा, पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल, प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्य, प्रेस मञ्च मोरङका अध्यक्ष मुकेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here