सकुशल ट्रेडलिङ्क प्रालि बिर्तामोडद्वारा उपहार सार्वजानिकः ताप्लेजुङका किरणले पाए जेनेरेटर

३० पुष २०७८, शुक्रबार मा प्रकाशित

होमप्रकाश अधिकारी,
बिर्तामोड ।

महेन्द्रा कम्पनीको ट्याक्टर किन्दा लक्की ड्र मा ताप्लेजुङका एक ब्यक्तिले जेनेरेटर उपहार पाएका छन् ।

महेन्द्र एण्ड महेन्द्रा कम्पनीको आधिकारीक विक्रेता सकुशल ट्रेडलिङ्क प्रालि बिर्तामोडले शुक्रबार सार्वजानिक गरेको लक्की ड्र उपहारमा तप्लेजुङका किरण मैनालीले जेनेरेटर उपहार पाएका हुन् ।

कम्पनीले सन् २०२१ को सेप्टेम्बर महिनादेखि नोबेम्बर महिनासम्म सञ्चालन गरेको विशेष अभियानमा ट्याक्टर खरिद गर्नेहरुले प्राप्त गरेका कुपनहरुको बिर्तामोडमा लक्की ड्र गरिएको थियो ।

सो अवधिमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ लगायतका स्थानबाट कृषकहरुले सकुशल ट्रेडलिङ्क प्रालि बिर्तामोडबाट ४० भन्दाबढी ट्याक्टरहरु खरिद गरेको सेल्स मेनेजर विनयराज पौडेलले जानकारी दिए ।

सकुशल ट्रेडलिङ्क प्रालि बिर्तामोडले शुक्रबार विशेष कार्यक्रमको आयोजना गर्दै लक्की ड्र सार्वजानिक गरेको हो । सकुशल ट्रेडलिङ्क प्रालि बिर्तामोडका प्रबन्ध निर्देशक टुकेन्द्रराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथय रहेको थियो ।

कार्यक्रममा पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खडानन्द चौधरी, एनसीसी बैंकका शाखा प्रबन्धक रोशन कार्की लगायतको सशभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी न्यौपानेले कुपन तानेर लक्की ड्र सार्वजानि गरेका थिए । पाँच केभीएको जेनेरेटर उपहार स्वरुप प्रदान गरिएको सकुशल ट्रेडलिङ्क प्रालि बिर्तामोडले जनाएको छ ।

ट्रेडलिङ्कले महेन्द्राका ट्याक्टर खरिद गर्दा आकर्षक उपहारको ब्यवस्थाका साथै विश्वसनीय भएकाले यस तर्फ सबैको आकर्षण बढेको भन्दै विजेतालाई बधाई दिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here