पथरीशनिश्चरे-२ मा बुद्धको शालिक अनावरण

३० पुष २०७८, शुक्रबार मा प्रकाशित

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगर क्षेत्रभित्र पर्ने बुद्ध चोकमा बुद्धको शालिक अनावरण भएको छ ।

पुरानो शालिकलाई विस्थापित गर्दै सडक र विद्युत प्रशारण कार्यलाई सहज हुने गरी नवनिर्मित शालिकको आज शुक्रबार नगरप्रमुख दिलिप कुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, लगायतले अनावरण गर्नु भएको हो ।

अर्धकदको नयाँ बुद्धको शालिक नगरपालिकाको नगर कोषबाट खर्चेर उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष टिका तामाङले बताउनुभयो । उक्त अवसरमा वडाध्यक्ष यामप्रसाद गुरागाई , वडा सदस्य अरूणा राई , अग्नि गुरुङ , समेतको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता बुद्ध शालिक निर्माण उपभोक्ताका अध्यक्ष टीका तामाङले गर्नु भएको थियो।

स्थानीय व्यापारी तथा सर्वसाधारणबाट १ लाख ५८ हजार ७ सय ६७ रूपैयाँ संकलन गरेको उक्त शालिक निर्माणको लागि गत आर्थिक वर्ष -०७७/०७८ बाट वडा नं-२ को बडा कार्यालयबाट १ लाख ७१ हजार २ सय बढी रूपैयाँ प्राप्त भएको बुद्ध शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष टीका तामाङले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here