लागू औषध दुव्र्यसन सचेतना तालिम

३० पुष २०७८, शुक्रबार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरका बाल सञ्जालका किशोर किशोरीहरुका लागि लागू औषध दुव्र्यसन तथा मानसिक स्वास्थ्य सम्बन्धी २ दिने तालिम सुरु भएको छ ।

नगरपालिकाको सहयोगमा दक्षिणा रिसर्च एण्ड ट्रेनिङ सेन्टरले आज शुक्रबार आयोजना गरेको हो । तालिममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले युवा पुस्तालाई कुलतबाट जोगाएर सृजनशील तथा कर्मशील बनाउने योजना अनुरुप यसखाले तालिमले सचेतना छर्ने विश्वास व्यक्त गर्नुभयो ।

महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । तालिममा नगर बाल सञ्जालका पदाधिकारी एवम् सदस्य तथा वडा वाल सञ्जालबाट प्रतिनिधित्व समेत गराइएको छ ।

साथै , पुनस्र्थापना केन्द्रका विपिन गुरुङ सहितले युवा पुस्तालाई दुव्र्यसनमुक्त गराउने कार्यका अनुभवहरु प्रस्तुत गर्नुभयो । तालिममा अधिकारकर्मी शोभा बजगाईं र सुशीला सुवेदी पाठकले सहजीकरण गर्नुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here