जीप दुर्घटनामा चारको मृत्यु

३० पुष २०७८, शुक्रबार मा प्रकाशित

दमौली, 

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उहाँले बताउनुभयो । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here