शानको ‘नशा’

३ माघ २०७८, सोमबार मा प्रकाशित

अमेरिकाको डलासमा छायांकन गरिएको ‘नशा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

शान भुसालको शब्द तथा संगीतमा तयार भएको गीतमा भारतका गायक अनुग्रह बिष्टको स्वर छ । लुसेन्ट फिल्मको ब्यानरमा निर्माण भएको यो गीतको भिडियोलाई विकास बराइलीले निर्देशन गरेका हुन् ।

भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रिया पास्कुसी, अंकित शर्मा, दीपेश आचार्य लगायतका कलाकारको अभिनय छ । भिडियोको छायांकन तथा सम्पादन पनि निर्देशक बराइलीको नै छ ।

भिडियोमा एक यूवकको कारण श्रीमान् श्रीमतिमा आएको सम्बन्धलाई देखाउन खोजिएको छ ।-अनलाइनखबरबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here