विष्णुप्रसाद पराजुलीको ‘श्वेत पर्वत’को लोकार्पण

५ माघ २०७८, बुधबार मा प्रकाशित

काठमाडाैँ ।

लेखक विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लेखिएको पुस्तक ‘श्वेत पर्वत’ बजारमा आएको छ ।

भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा जगमान गुरूङले लोकार्पण गरे । तीसय सत्ताइस पृष्ठको उक्त पुस्तकमा मनाङ र मुस्ताङमा मानव सभ्यताको विकास १० हजार वर्षदेखि भएकाले त्यहाँको मावन सभ्यताको अनुसन्धान गर्नु आवश्यक भएकामा जोड दिइएको छ ।

उपकुलपति गुरुङले कालिगण्डकीको करिडोर नै मानव सभ्यताको उद्गमस्थल भएकाले त्यहाँको अध्ययन हुनुपर्ने आवश्यकता औँल्याए । वरिष्ठ पत्रकार प्रा रामकृष्ण रेग्मीले यस पुस्तकमा उठाइका विषयमा प्रदेश सरकारले चासो देखाउनुपर्ने धारणा व्यक्त गरे ।

लेखक पराजुलीले विभिन्न धार्मिकग्रन्थ र विदेशी लेखकका पुस्तकसमेतको आधार लिएर यो पुस्तक लेखिएको जानकारी दिए । हिमाली क्षेत्रमा गरिएको पदयात्राको यथार्थ शब्दचित्र प्रस्तुत पुस्तकमा रहेको कथाकार  श्रीरामसिंह बस्नेतले बताए ।

कार्यक्रमको सभापतित्व भुँडीपुराण प्रकाशनका केशव पराजुलीले गरेका थिए भने सञ्चालन साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले गरेका थिए । पराजुलीका अन्य नियात्रा कृतिमा ‘तिब्बत यात्रा’ २०७२ र ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’ २०७४ मा प्रकाशित भइसकेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here