स्थानीय पाठ्यक्रम निर्माणमा कार्यदलको दैनिक क्रियाकलाप

५ माघ २०७८, बुधबार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले स्थानीय पाठ्यक्रम निर्माण कार्यदलले दैनिक क्रियाकलाप अघि बढाई रहेको छ ।

सरोकारवालाहरुसँगको कार्यशालामा आएको जानकारी तथा सुझाबलाई शिलशिलेवर रूपमा लेख्ने र आवश्यक थप जानकारी लिने काम भइरहेको नगरको शिक्षा शाखा प्रमुख एवम् स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक शालिग्राम काफ्लेले जनाउनुभएको हो। नेपाल आदिवासी जनजाति महासंघ सहितका संघसंगठन तथा ब्यक्तिहरूसङ्ग थप जानकारी लिने समेत काम भइरहेको छ ।

नगर शिक्षा समितिको निर्णय बमोजिम गठन भएको स्थानीय पाठ्यक्रम निर्माण कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ अनुरुप कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम निर्माणका लागि पहिलो चरणमा सरोकारवालाहरुसँग छलफल गरेको थियो ।

संस्कृति, सामाजिक विविधता, इतिहास, सांस्कृतिक सम्पदा, पुरातत्व, परम्परागत तथा प्रचलित सीप तथा कला, ऐतिहासिकता, भूगोल, प्राकृतिक सम्पदा सहितका विषयमा सरोकारवालाहरुले सुझाव सहितको टिपोट बुझाएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here