ओमिक्रोन भेरियन्टलाई सामान्य रूपमा नलिन डब्ल्यूएचओको आग्रह

0
400

काठमाण्डौं ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्नोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य रूपमा नलिन आग्रह गर्नु भएको छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले ओमिक्रोन भेरियन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गर्नुभएको हो ।

ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दाज गर्न नहुने उहाँको भनाइ छ ।

गेब्रेयससले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र ज्यान पनि गएकाले सचेत हुनु पर्नेमा जोड दिनु भएको छ । यस्तै, उहाँले तत्काल कोभिड महामारी अन्त्य नहुने पनि बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here