पथरीशनिश्चरे -८ ले बाँड्यो न्यानो कपडा

0
522

पथरीशनिश्चरे,

पथरीशनिश्चरे वडा नं. ८ ले वडाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले विपद व्यवस्थापन अन्तर्गत न्यानो कपडा वितरण गरेको हो ।

बाल विकासदेखि माध्यमिक कक्षा सम्मका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष बाबुराम दहालले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि विद्यार्थीको भौतिक उपस्थितिमा नभई विद्यालयका प्रधानाध्यापकमार्फत् विद्यार्थीलाई दिने गरी न्यानो कपडा वितरण गरिएको हाे । वडाध्यक्ष दाहालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण विद्यालयबाट बञ्चित हुन नपरोस् भनेर तीन वर्षदेखि उक्त कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

वडाभरीका तीनवटा सामुदायिक विद्यँलयका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिएको र यसले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको उनको भनाइ छ । वडाले न्यानो कपडा दिएपछि शिक्षा हासिल गर्न बालबालिकालाई सजिलो भएको दाहालको भनाइ छ ।

वडाध्यक्ष दाहालले १ लाख ५० हजार बजेट विनियोजन गरेर दररेड आह्वान गरी न्यानो कपडा वितरण गरिएको जानकारी दिए । वडाका ३ सामुदायिक विद्यालय छनोट गरी त्यहाँ अध्ययनरत २७५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । जसमा बुद्ध माध्यमिक विद्यालयमा १२० स्वेटर र टोपी सेट, दुर्गा आधारभुतमा १ सयसेट र मिलन आधारभुतमा ५५ सेट प्रदान गरिएको हो ।

कोरोनाको जोखिमका कारण ती विद्यालयका प्रधानाध्यापकलाई संयुक्तरूपमा न्यानो कपडा हस्तान्तरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here