ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

0
472

ताप्लेजुङ ।

ताप्लेजुङको मेरिङदिन गाउँपालिका–३ मा बिहीबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दोभान साँवा सडक खण्डको खाम्लुङमा आफैं अनियन्त्रीत भई सडकबाट १५० मिटर तल खसेर दुर्घटना हुँदा मेरिङदिन गाउँपालिका–१ का ४५ बर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा परी सोही ट्याक्टरका चालक र सह–चालक घाईते भई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here