पाँचथरमा लागूऔषध सहित एक जना महिला पक्राउ

0
645

पाँचथर ।

पाँचथरको फिदिम नगरपालिका–१ बाट ८ ग्राम प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–१ कि ३२ बर्षीया देवि लकान्द्री रहेकि छिन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लकान्द्रीको कोठा चेक जाँच गर्ने क्रममा डिजिटल तराजु एक थान र उनले लगाएको सुरुवालमा लुकाई राखेको प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ८ ग्राम बरामद गरेको हो ।

ब्राउन सुगर सहित पक्राउ परेकि लकान्द्रीको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here