लघु चलचित्र ‘म’ को निर्माण कार्य सम्पन्न

७ माघ २०७८, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक लघु चलचित्र‘म’ को निर्माण कार्य सम्पन्न भएको छ ।

वीएसवी इन्टरटेन्टमेन्ट प्रालिको व्यानरमा तयार भएको लघु चलचित्र ‘म’ मा परिवार र समाजबाट शोषित नारीको सडक संघर्षको कथालाई मुख्य बिषय बस्तु बनाइएको छ ।

राज शेर्माको लेखन तथा निर्देशन रहेको ‘म’ मा मिस झापा २०२१ कि फस्ट रनरअप सविना वस्नेतको मुख्य भूमिका रहेको छ । पर्दामा काम गर्दाको आफ्नो पहिलो अनुभव रहेकोले दर्शकको प्रतिक्रीयाका लागी उत्साहित बनेको सविना बताउँछिन् ।

‘म’मा तुलसी मिश्र,कमला अधिकारी,सन्दीप विश्वकर्मा, दिनेश विश्वकर्मा लगायतको समेत अभिनय रहेको छ । परिवार र समाजबाट तिरष्कृत महिला सडकमा कसरी पुग्छिन् र त्यहाँ उनले भोग्नु परेको पीडालाई ‘म’ मा देखाउन खोजिएको निर्देशक राज शेर्मा बताउँछन् ।

उनका अनुसार कतिपय अवस्थामा जानी नजानी सत्य कुरालाई वेवास्ता गरी गलतको पक्ष लिएर मानिसको वाहिरी रुप हेरेर बिश्वास गर्दाका गल्तीले सृजना भएको परिणामाई चित्रण गरीएको छ । सन्तोष रानामगरले छायाङकन गरेको लघु चलचित्र म झापाको बिर्तामोडका विभिन्न स्थान समेटिएको छ ।

आगामी फागुन ८ गते सामाजिक न्याय दिवसको अवसरमा लघु चलचित्र म को प्रदर्शन गरीने निर्देशक शेर्माले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here