बक्राहाघाट निर्माणका लागि उर्लावारी नगरपालिकाको पहल

0
382

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङ्गको उर्लाबारी नगरपालिकाले व्यवस्थित मुर्दाघाट निर्माणका लागि पहल थालेको छ । सोमबार उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको अग्रसरतामा जग्गाधनीहरुसँग पहिलो चरणको छलफल भएको हो ।

शव जलाउदा मलामी र सवारीको चापले राजमार्गमा अवरोध सिर्जना गर्ने भएकाले यो समस्या सुल्झाउने अभिप्रायले भएको जग्गाधनीहरुसँगको छलफल सकारात्मक भएको र चाँडै घाट निर्माणको प्रक्रिया अघि बढाइने मेयर फागोको भनाई छ ।

जग्गाधनी लोकबहादुर कटुवालले उर्लाबारीमा घाट निर्माण गर्न अतिआवश्यक रहेकाले जग्गा दिन तयार भएको बताए । भेलामा सहभागी अधिकांशले घाट निर्माणका लागि जग्गा दिन तयार भएको भएपनि नगरपालिकाबाट ठोस कुरा ल्याउनु पर्नेमा जोड दिएका छन् ।

यस अघि जग्गाका विषयमा विवाद हुँदा व्यवस्थित घाट निर्माण हुन ढिलाई भइरहेको भन्दै अव भने बक्राहा घाट निर्माणका लागि सबै जना जुट्न आवश्यक रहेको स्थानिय गोपाल कटुवालले बताएका छन् ।

मृत्युपछि अन्तिम सस्कार गरिने घाट अब्यवस्थित हुँदा समस्या भइरहेको थियो । अव उप्रान्त तत्काल घाट निर्माणका लागि प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिएका हुन् । उक्त अवसरमा मेयर फागोले गुरुयोजना बनाएरै ब्यवस्थित तवरले घाट निर्माण गर्ने योजना रहेको भेलामा जानकारी दिनुभएको थियो ।

मृत्युपछिको कर्ममा बसेकाहरुलाई बस्ने घरदेखि मन्दिर, पार्क, सडक कालोपत्रे, गार्डेन लगायतको योजना समेत रहेको मेयर फागोले बताएका छन् । बक्राहा घाट निर्माणका लागि चाँडै ठोस कदम अघि बढाउने जनाउँदै सबैको साथ र सहयोगमा आधुनिक तथा व्यवस्थित बक्राहा घाट निर्माण गर्न नगरपालिकाले प्रयास गरिरहेको मेयर फागोको भनाई छ ।

वर्षौंदेखि बक्राहा खोलाको वारी र पारी शव जलाउँदै आएको भए पनि उर्लावारी -४ स्थित बक्राहा घाटको दुवैतर्फ शव जलाउन व्यवस्थित घाट भने निर्माण हुन सकेको छैन्। मलामीको जमघट र सावारी साधनको चापले मुख्य राजमार्गमा जाम नै हुने गरेको पाइन्छ । सोहि कारण मुख्य राजमार्गमा आवतजावत गर्ने हजारौ सर्वसाधरणले कष्ट खेपी रहेका छन् ।

दिनहुँ २/३ वटा शव जलाउने गरिएको यो घाट व्यवस्थितरुपमा निर्माण हुन नसक्दा विशेष गरी वर्षायाममा शवदाह गर्नै कठिन हुने गरेको स्थानीय मिलन दाहालले भन्नुभयो । जथाभावी रुपमा शव जलाउने गरिएका कारण दायाँबायाँका किनारामा शव जलाउन प्रयोग भएका दाउरा, खरानी, अँगार त्यतिकै हुने गरेकोले नदिको स्वच्छ जल , सुन्दर किनार हुन नसकेको र प्रदूषित वातावरणले जनस्वास्थ्यमा असर पर्न गएको स्थानीय बासिन्दाको भनाई रहेको छ।

साथै , मलामीले उपभोग गरि फालिएका पानीका बोतल तथा बिस्कुटलका खोलहरु जथाभावी फ्ँयाक्ने गरिएकोले मुर्दाघाट झन् अव्यवस्थित बनिरहेको उनीहरुले चिन्ता व्यक्त गरेका छन् । वर्षायाममा बक्राहामा आउने बाढीका कारण शव जलाउन झनै कठिन हुने गरेको छ ।

बक्राहा घाट निर्माण सम्पन्न गर्नका लागि यसै आर्थिक वर्षमा उर्लाबारी नगरसभाले गौरवको योजनाको रुपमा बक्राहा घाटका लागि ७० लाख रुपैयाँ समेत छुट्याएको छ । यसअघि गौरवकै योजना भन्दै नगरसभाबाट ५० लाख छुट्याइए पनि उक्त रकम फ्रिज भएर काम हुन सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here