खनाल परिवारमा मातृ शोक

११ माघ २०७८, मंगलवार मा प्रकाशित

बिर्तामोड ।

स्वर्गिय मदन ढकालकी धर्मपत्ति सावित्र खनाल (ढकाल) लाई मातृ शोक परेको छ ।

ढकालकी आमा टंककुमारी खनालको ९३ वर्षको उमेरमा अर्जुनधारा–७ मा निधन भएको हो । विभिन्न रोगबाट ग्रस्ति खनालको माघ ९ गते आफ्नै घरमा निधन भएको हो । स्वर्गीय खानलको वि.स १९८६ साल असार १० गते इलामको सुम्बेकमा जन्मिएकी खानलको २०१२ सालमा पाँचथरको उम्लाबुङ–४ निवासी पण्डित त्रैल्योक्यनाथ खनालसंग बैबाहिक बन्धनमा बाँधिएकी थिइन् ।

स्वगिय खनालका चार छोराबुहारी,तीन जना छोरी, ११ नाति, १४ नातिनी, १४ पनाति १८ पातिनी, ३ जनाति र एक जनातिनी रहेका छन् । छोराबुहारीहरुमा सनतकुमार,लीलादेवी खनाल, स्व.भवानीप्रसाद, झुमादेवी खनाल, हरिप्रसाद, इन्दिरा खनाल र पदमकुमार, उमा खनाल रहेका छन् ।

त्यस्तै छोरीहरुमा रत्नकुमारी पौडेल, रमादेवी पोख्रेल र सावित्रा ढकाल रहेका छन् । स्वर्गीय खनालका जेठा छोरा सनतकुमार अर्जुनधारा निमावीका पूर्व प्रअ हुन् भने साइला छोरा हरिप्रसाद पूर्व नेपाल मेची ट्रक ब्यवसायीसंघका कार्यालय प्रमुख हुन् ।

बुहारी इन्दिरा अर्जुनधारा निमावीबाटै सेवा निवृत्त भएकाो बताइएको छ । कान्छा छोरा पदम शनिश्चरे माविबाट शिक्षण पेशाबाट सेवा निवृत्त भएको हुन् । कान्छी बुहारी उमा अरुणेदय प्राविकी प्रअ हुन् । खनाल परिवार शिक्षित परिवारका रुपमा परिचित रहेको सञ्चारकर्मी होमप्रकाश अधिकारीले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here