प्रखर वक्ता, सशक्त युवा नेता:विश्वप्रकाश शर्मा

१३ माघ २०७८, बिहीबार मा प्रकाशित

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भएको प्रतिस्पर्धात्मक निर्वाचनबाट महामन्त्री जस्तो उपल्लो र गरिमामय पदमा प्रखर वक्ता, सशक्त युवा नेता प्राप्त जिल्ला बनेको छ झापा । राजनीतिमा प्रखर वक्ता र लोकप्रिय नेताको छवि बनाउन सफल झापाली युवा नेता महामन्त्रीमा निर्वाचित हुनु झापाबासीका लागि हर्ष र खुशी प्रकट गर्ने समय बनेको छ । उनलाई नेपाली कांग्रेसको भावी पार्टी सभापतिका रुपमा समेत हेर्न थालिएको छ । त्यसैकारण अब हरेक विषय र अवस्थामा यिनी अर्थात् विश्वप्रकाश शर्मालाई साथ, सहयोग, सल्लाह पु¥याएर र दिएर भावी सभापतिका रुपमा पुनः प्राप्त गर्नसके विकास निर्माणका सम्भावना र वातावरणहरु निर्माणको अवसर अब झापालीका हातमा आइपुग्दै छ, भनिन्छ ।

शर्मा एक शिक्षित परिवारमा हुर्केका व्यक्ति हुन् । झापा धुलाबारीमा वि.सं.२०२७ पौष ६ गते जन्मेका विश्वप्रकाशले आफ्नो सामान्य शिक्षा पनि स्थानीय विद्यालयबाट नै प्राप्त गरेका थिए । सहयोगी भावनाका कारण विद्यार्थीकालदेखि नै राजनीतिमा चासो राख्ने शिलशिला शुरु भयो । कक्षा ९ मा अध्ययन गर्दैगर्दा उनी विद्यालयमा विद्यार्थी संगठन सभापति भएका कारण जिम्मेवारी निकै थियो । कसैले पनि सहयोग माग्दा नाई भन्न नसक्ने उदार भावनाका धनी विश्वप्रकाशलाई वि.सं.२०४० मा पहिलो पटक जेल जीवनको अनुभव गरायो राजनीतिले । उनी चर्चाको शिखरमा पुगे, फलस्वरुप वि.सं.२०५७ मा नेपाल विद्यार्थी संघको राष्ट्रिय अध्यक्षमा निर्वाचित भए, यो संगठनको सर्वाेच्च पद थियो ।

परिवारका अनुसार बीए पास गरेपछि नै वि.सं.२०५८ साल फागुन २३ मा विवाह बन्धनमा बाँधिएर दुई सन्तानका पिता बने । वैवाहिक जीवनमा बाँधिएपछि, पति–पत्नीमा सामान्य ठाकठुक हुनु स्वभाविक भए पनि यसलाई सकेसम्म शान्तमय बनाउन उनको छुट्टै एक अनुकरणीय विश्लेषण पनि छ । उनको भनाइमा– ‘मानिस राजनीतिक होस् वा अन्य कुनै पनि क्षेत्र वा पेशाको होस्, उसको आत्मविश्वास बढाउने आधारस्तम्भ उसको परिवार नै हो । बेलाबखत हुने पारिवारिक अव्यवस्थामा हेलचेक्र्याइँलाई पनि कारकतत्वका रुपमा लिन सकिन्छ, जसकालाई ‘पारिवारिक बैठक सिष्टम’ले सुधारमा ल्याउँछ ।’

परिवारका सदस्यहरुभित्रबाट नै पालोमा एक जनाको अध्यक्षतामा बैठक बस्ने । मानौं परिवारमा तीन सदस्यहरु भएमा एक जनाले बैठक बस्ने भन्दै गर्दा अर्काे एक जनाले बसौं न त भनेर सहमति जनाएमा बैठक बस्ने । बैठक शुरु भएपछि मोबाइल, टिभी बन्द गर्ने, बैठकको शुरुमा ब्रम्हा, बिष्णु महेश ओमकार स्वरुपको ॐ… बाट थालनी गर्ने र पालैसँग आ–आफ्ना कुरा राख्ने । आफ्नो विचार राख्दा अर्काे सदस्यका बारेका चित्त नबुझेका बिषयमा समेत खुलेर कुरा राख्ने, यसो गरेमा जानेर वा नजानेर सबैले गरेका गल्तीबारे आफूलाई आभाष भई पुनः नदोहोरिने भएकाले कलहको उत्पादन नै मेटिन्छ र परिवार सुखमय बन्ने विश्वासका साथ आफूले यस्तो अभ्यास गर्ने गरेको बताउँछन् शर्मा ।

शर्मा एक स्पष्टवादी नेताका रुपमा चिनिन्छन् । नेपाली कांग्रेसको १२औं महाधिवेशनमा पार्टीभित्रको गुटबन्दीले केही अप्ठ्यारोमा पार्ने प्रयास पनि विश्वप्रकाशलाई नभएको होइन । झापा जिल्लाको पार्टी सभापतिमा भाग लिएर पराजीत हुन पुगेपछि, साथीहरुले खुशीयाली मनाए पनि भनिन्छ । तर, यो पीडाको अवधि लामो भने हुन सकेन, किनकि तेह्रौं महाधिवेशनमा आइपुग्दा धेरै चर्चित नेताहरुलाई पछि पार्दै १४औं स्थान प्राप्त गरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए ।

नेपाली कांग्रेसका शर्मा शालीन र भद्र व्यक्तित्वलाई स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालासँग जोडिएको समाजवादका ब्याख्याता र विश्लेषकका रुपमा समेत लिने गरिन्छ । उनको इमान्दारिता र कामको मूल्यांकनको आधारबाट नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता र प्रचारप्रसार विभाग प्रमुखमा नियुक्त गरेका थिए । यस भूमिकाबाट प्रवक्ता र सरकारबीचको समन्वयकारी भूमिका स्थापित गर्न पूर्णरुपमा सफल भए । आफूलाई दिइएको जिम्मेवारीलाई कुशलतापूर्वक सफल पारेर पार्टीलाई उचाइमा पु¥याउने काम गरेका विश्वप्रकाशले नेपाली कांग्रेसको १४औं महाधिवेशन हुने निश्चित भएपछि निर्वाचनमा आफूलाई महामन्त्री पदको उम्मेदवारीका लागि घोषणा समेत गरे ।

तर, विडम्बना निर्वाचनको संघारमा आफ्नो क्याम्प अर्थात् देउवा क्याम्पबाट उनी बाहिरिन बाध्य पारिए । आफूले दुःख–सुख गर्दै व्यहार्दै धेरै कुरा निर्माण गरेर, बनाएर बसिरहेको घरडेराबाट हटाइएपछि आश्रयस्थलको खोजीमा भौंतारिनु स्वभाविक थियो । खोजी गर्दै जाँदा दोस्रो बलियो र प्रतिस्पर्धी क्याम्पमा पनि पुगे, जहाँ घनिष्ट मित्र गगन थापा थिए । तर, दुर्भाग्य हाइकमानमा रहेकाहरु तयार नहुँदा त्यहाँ गगनको पनि केही लागेन, घरकोनघाटको हुँदै पुनः अघि बढ्दै जाँदा सबैभन्दा सानो क्याम्पले धन्न छहारी दिने काम ग¥यो, भनिन्छ । त्यही सानो छहारीबाटै यी शालीन व्यक्तित्वले आफ्नो महामन्त्री पदको उम्मेदवारीलाई पुनः निरन्तरता दिएको घोषणा दोहो¥याइ दिए । फलस्वरुप नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मुलुकभरबाट सहभागी पार्टी नेतृत्वपंक्तिबाट सहभागी भएका भोटरहरुले बहुमतबाट बिजय गराइदिए । यस बिजयले जस्तोसुकै विपत्ती आइलागे पनि धैर्यतापूर्वक र इमान्दारीपूर्वक गरेको मेहनत कहिल्यै खेर जाँदो रहेनछ भन्ने भनाईलाई चरितार्थ गराएको छ ।

नेपाली कांग्रेस पार्टीभित्र दोस्रो पुस्ताका एक होनाहार युवा, उदियमान चम्किलो तारा, निष्कलङ्क र प्रष्टवक्ताका रुपमा चिनिएका व्यक्तित्व हुन्– विश्वप्रकाश । उनले एक निजीस्तरको दृष्य सञ्चार साधन कान्तिपुर टेलिभिजनबाट ‘ऐना’ नामक कार्यक्रम समेत चलाएका थिए । नेपाली जनता र समाजको वर्तमान अवस्थाको यथार्थ चित्रण ऐनामा भैंm गरी छर्लङ्ग पार्नु यसको उद्देश्य रहेको थियो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री जस्तो गरिमामय ठूलो पदमा विजयी भएपछि उनले भनेका छन्– ‘यस पदका लागि म आपूm योग्य भएको ठान्छु, किनकि मैले पार्टीका विभिन्न तहमा रहेर काम गरेर प्रशस्त अनुभवहरु बटुलेको छु, युवावस्था गुमिसकेको पनि छैन ।’ वास्तवमा उनीसँग व्यवस्थापकीय कार्यदक्षता, चातुर्यता, तालिम सञ्चालन प्रक्रियाका सम्पूर्ण तौरतरिकाहरुको सिप, ज्ञान र क्षमता भएकाले यसैको प्रभावकारी प्रतिफल स्वरुप आगामी पार्टीको १५औं महाधिवेशनमा सभापतिको दावेदार हुने हिम्मत र वातावरण जुट्न सकोस् । साथै यो महत्वपूर्ण जिम्मेवारीमा रहेर पार्टी व्यवस्थापकीय सुधारसहित देश र जनताको सुख–दुःखमा सहयोगी बनेर मुलुकका सम्पूर्ण बेथितिहरु हटाउँदै विकास, निर्माणमा व्यस्त रहने आत्मबल र हौसला महामन्त्रीज्यूमा अविरल प्राप्त भइरहोस्, हार्दिक शुभकामना !

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

  1. १३ माघ २०७८ पूर्वाञ्चल दैनिक पत्रिकामा प्रकाशित, प्रखर वक्ता सशक्त युवा नेता: विश्वप्रकाश शर्मा शिर्षकको लेख बुद्धशान्ति निवासी कृष्णप्रसाद ढकाल द्वारा लिखित लेख पढ्ने अवसर पाइयो,लेखकलाई मुरीमुरी धन्यबाद,
    नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन भन्दा पनि दुई कदम अघि बढेर लेख्ने जमर्को गरेको छु स्विकारनु होला,
    नेपाली काङ्ग्रेसको बाह्रौ महाधिवेशनमा झापा जिल्ला सभापतिको रूपमा उम्मेदवार बन्नु भएका बिश्वप्रकाश शर्मा छयालीस प्रतिशत मतका साथ उप बिजेता बन्नु भयो
    कारण थियो ,झापा काङ्ग्रेसका हस्ति कृष्णप्रसाद सिटौला ,गृह मन्त्री,उप प्रधानमन्त्री साथै पार्टीको महामन्त्री भै सकेका समूहका नेता उद्धव थापा बिजयी बन्नु भएको थियो,
    तेह्रौ महाधिवेशनमा पुरै झापा जिल्लालाई सर्वसम्मत बनाई उद्धव थापालाई नै जिल्ला सभापति बनाई आफु केन्द्रीय सदस्यमा निर्वाचनमा उमेदवार बन्नु भएका बिश्वप्रकाश चौधौं नम्बरमा बिजयी बन्न सफल भएपछि ,निर्वाचित केन्द्रीय सदस्यहरू मध्ये बाट प्रवक्ताको चयन गरिनु पर्ने ब्यबस्था अनुसार प्रवक्तामा नियुक्त भएका थिए,प्रवक्ताको जिम्मेवारीको साथ साथै प्रचारप्रसार बिभाग प्रमुखको पनि जिम्मेवारीलाई सशक्त निभाएका थिए ,देशको अवस्थालाई मध्यनजर राख्दै खोजी पत्रकारको भूमिका अनुसार देशको चित्र #ऐना#कार्यक्रम अनुसार प्रस्तुत गरेका थिए,आफूले पाएको जिम्मेवारीलाई सरल र सहज रूपमा पुरा गर्नुहुने बिश्वप्रकाश योजनाकारका रूपमा पनि परिचित छन,
    लागौ चौधौं महाधिवेशन तर्फ,
    चौधौं महाधिवेशन आउने लाग्दा २०७८ साल भाद्र २४गते बिपि स्मृति दिवस को दिन पारेर,स्वर्गीय बिश्वेश्वरप्रसाद कोइरालालाई पञ्चायती सरकारले राखिएको सुन्दरीजल जेलको माटोलाई ढोग गर्दै बिपिले रोपिएको कपुरको बिरुवाको बोट नजिक रुद्राक्षको बिरुवा रोपि जल सिञ्चित गरि महामन्त्रीमा उमेदवार बन्ने निधो गरि ,सम्बिधान दिवसको अवसर पारेर २०७८ साल आश्विन ३ गते झापा बिर्तामोडको अग्रसेन भवनमा बिशाल कार्यकर्ताको उपस्थितिमा
    १) एकपटक राष्ट्रपति
    २) दुईपटक प्रधानमन्त्री
    ३) तीनपटक मन्त्री
    ४) चारपटक संघिय सासंद गरि
    चौबीस बुँदे अवधारणापत्र प्रस्तुत गर्दै महामन्त्रीमा उमेदवार बन्ने धारणा ब्यक्त गर्नु भएको थियो,
    महाधिवेशन नजिकिदै गयो,उनी कुनै समूहमा अटाउन सकेनन,जिल्लास्तरीय निर्वाचन सम्म आई पुग्दा देउवा बिरोधि खेमाको रूपमा चिनिएका ,तेह्रौ महाधिवेशनमा बलियो तेस्रो धारको नेता कृष्णप्रसाद सिटौला,प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनमा आई पुग्दा देउवाको खेमामा बलियो उपस्थिति गराएका थिए सिटौलाले,
    देउवा सिटौलाको समूहबाट प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उमेदवार बनेका थिए भने,शेखर समूहबाट गगनकुमार थापा र मिनेन्द्र रिजाल उमेदवार बनेका थिए,दुबै समूहबाट बाहिर बनाएका बिश्वप्रकाश शर्माले एक्लै उमेदवार दिए पनि प्रकाशमानसिंह ले साथ दिएका थिए,यसरी हेर्दा उनीले बिजयी बन्ने कुनै आधार देखिएको थिएन, तर पनि प्रवक्ताको जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गरेको आधारबाट सतहत्तर जिल्लाका नेता कार्यकर्ताहरूको मनमा बस्न सफल भएका रहेछन भन्ने निर्वाचन परिणामले देखाएको छ,
    आफ्नो समूहबाट भिन्न समूहमा गएका गगनकुमार थापा र आफ्नै जिल्लाबाट आफुलाई नै पछि पार्न सक्ने अवस्था देखेर दुबैजनालाई हराउन देउवा समूहमा सशक्त भएर लागेका थिए,कृष्णप्रसाद सिटौला,तर कार्यकर्ताहरूको रोजाइको कारण गगनकुमार थापा र बिश्वप्रकाश शर्मालाई बिजयी बन्नबाट रोक्न नसक्नु ,सिटौलाको नेतृत्व कार्यकर्ताहरूले नरूचाएको पुष्टि भएको पाइन्छ,
    त्यसैले निर्वाचन परिणामका आधारमा बाह्रौ महाधिवेशनमा झापा जिल्ला सभापतिमा हराउनु हाम्रो ठूलो भुल रहेछ भनेर झापा जिल्लावासी कार्यकर्ताहरूको गुनासो ब्यक्त गरेको सुनिन आएको छ,यदी हामीले बिजयी गराउन सफल भएको भए झापा जिल्लाको सङ्गठनलाई मजबुत बनाई सक्ने रहेछन बिश्वप्रकाश ले भन्ने आम धारणा रहेको देखिन्छ,
    चौधौं महाधिवेशनमा महामन्त्री बिजयी बनेपछि चार बर्षे कार्यकाल परिक्षणको रूपमा हेरिएको छ,यो कार्यकाललाई सफलता पुर्वक सम्पन्न गर्न सके पन्धौं महाधिवेशनमा पक्कै सभापतिको उम्मेदवार बन्ने निश्चित प्राय देखिन्छ,
    देशभरका कार्यकर्ताहरूको मन जित्न सफल भए पक्कै केन्द्रीय सभापतिमा बिजयी बन्ने आधारहरू देखिएका छन, नेपाली काङ्ग्रेसको केन्द्रीय सभापति र सरकार प्रमुख बने भने स्वर्गीय बिश्वेश्वरप्रसाद कोइरालाले अठार महिनामा गरेको लोकप्रिय योजनाहरू जस्तै बिश्वप्रकाश शर्माले पनि गर्ने छन र झापा बासीले गौरव गर्ने इतिहास रच्नेछ छन भन्ने शुभेच्छा ब्यक्त गर्दछु,
    भाई बिश्वप्रकाश शर्माको उत्तरोत्तर प्रगतिको कामना गर्दै मेरा पवित्र कमेन्टका शब्दलाई यही बिश्राम दिन चाहान्छु धन्यबाद
    ##जयनेपाल##

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here