सामूहिक बलात्कारको आरोपमा होटल सञ्चालकसहित तीन जना पक्राउ

0
647

विराटनगर,

एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको सुन्दरहरैंचा नगरपालिका-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली होटलमा ३५ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका-४ बलिया चोकका होटल सञ्चालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका-३ का २५ वर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन्।

गत माघ ७ गते साँझ पीडित महिला इटहरीबाट बहिनीको घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट बहिनीको घर पुर्‍याइदिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा लगी सामूहिक बलात्कार गरेको खुल्न आएको छ।

गत माघ ८ गते शनिबार उक्त घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले होटल सञ्चालक अर्जुनकुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।

घटनापछि फरार रहेका रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीलाई भने गत ११ गते इलाम सूर्योदय नगरपालिका-१२ तीनघरेबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनाविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थपेर अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here