पथरीशनिश्चरेको मनकामना साकोसको २५ औ स्थापना दिवस सम्पन्न

१४ माघ २०७८, शुक्रबार मा प्रकाशित

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगर क्षेत्रमा रहेको वित्तीय सेवा प्रदान गर्दै आएको मनकामना वचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं स्थापना दिवस सम्पन्न गरेको छ ।

हरेक वर्ष माघ -१४ गतेलाई आफ्नो संस्थाको स्थापना दिवसको रूपमा मनाउदै आएको उक्त सहकारी संस्थाले आज एक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त सहकारी संस्थाका शेयर सदस्यहरु, सर्वसाधारण, उद्योगी , व्यवसायी तथा संघ संस्थाका प्रतिनिधिहरुले समेत सो कार्यक्रममा रगत दान गर्नु भएको थियो।

आज विहान संस्थाकै प्राङ्गणमा आयोजित कार्यक्रममा संस्थाका शेयर सदस्यहरु तथा संघ- संस्थाका प्रतिनिधिहरुसहित कुल ५६ जनाले ५६ प्रिन्ट रगत दान गर्नु भएको उक्त सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कल्याण बजगाईंले बताउनुभयो ।

उक्त संस्थाले हालसम्ममा १६ सय प्रिन्टभन्दा वढि रगत संकलन गरी ६ सय भन्दा वढि विरामीहरुलाई रगत उपलब्ध गराइसकेको जानकारी दिईएको थियो । सोहि अवसरमा गत पुस -२४ गते सम्पन्न भएको बाल प्रतिभा प्रोत्साहन प्रतियोगिताको पुरस्कार समेत वितरण गरिएको थियो ।

उक्त सहकारीका बाल बचतकर्ताहरूबीच सम्पन्न भएका नृत्य , हाजिरीजवाफ , बेलुन फुटाई तथा चम्चा दौइ प्रतियोगिताहरूमा विजयी प्रतियोगीहरूलाई उक्त सहकारी संस्थाका अध्यक्ष यूवराज भट्टराईले पुरस्कार समेत प्रदान गर्नुभएको थियो ।

सोहि क्रममा आर्थिक वर्ष -२०७७/०७८ को तर्फको उत्कृष्ट कर्मचारी पुरस्कार संस्थाकी बचत सहायक शोभा बस्नेत दाहाललाई प्रदान गरिएको थियो। सोहि संस्थाले यस अघि संम्पन्न गरेका अन्य केही सम्मान तथा पुरस्कारलाई भने कोभिड -१९ को तेस्रो नयाँ भेरियन्टको थप संक्रमण बढ्न सक्ने भन्दै सोको जोखिम न्यूनीकरण गर्न उक्त सहकारीले ति पुरस्कार तथा सम्मान कार्यक्रमलाई सहज स्वास्थ्य वातवरण सिर्जना नहुञ्जेल सम्मका लागि थांँति राखिएको पनि प्रमुख कार्यकारी अधिकृत बजगाईंले जनाउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here