मोरङमा सबैभन्दा बढी सङ्क्रमण

१४ माघ २०७८, शुक्रबार मा प्रकाशित

विराटनगर, 

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश–१ मा सबैभन्दा बढी मोरङमा १७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा छ/छ, भोजपुरमा दुई, ताप्लेजुङ, सङ्खुवासभा र खोटाङमा एक/एक र प्रदेश बाहिरका २२ मा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमण ८४१ को पीसीआर परीक्षण गर्दा ३८३ र ८१०को एन्टिजेन परीक्षण गर्दा ३१०मा कोरोना सङ्क्रमण देखिएको हो ।

स्थानीय पालिकाअनुसार सबैभन्दा बढी मोरङको विराटनगरमा १३५, सुनसरीको धरानमा ३७, इटहरीमा ३२, झापाको विर्तामोड र दमकमा १३÷१३ सहित अन्य पालिकामा सङ्क्रमण देखिएो मान्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै १५१ महिलासहित ३२९ कोरोना सङ्क्रमणमुक्त्त भएका छन् भने दुई महिलाको मृत्यु भएको छ । प्रदेशमा अझै सात हजार ४१६ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here