मंगलमय, पुण्य र वैज्ञानिक पर्व सोनाम ल्होक्षार

0
610

कथा

‘ए डोल्मा ! कहाँ जान लागेकी तिमी ?’ सोधिन् सीताले । ‘ल्होक्षार चाडका लागि सामलतामल किन्न बजार जान लागेकी नि ।’ ‘म पनि त आजको हाट जान लागेकी छु पर्खन हौ साथी डोल्मा ! एकैछिन् मलाई पनि ।’ डोल्मा र सीता कुराकानी गर्दै सँगै हाटबजार गए ।

‘ल्होक्षार भनेको के हो डोल्मा ?’ बाटामा हिँड्दै सीताले सोधिन् । ‘तामाङ भाषामा ल्हो भनेको वर्ष र क्षार भनेको नयाँ अर्थात् नयाँ वर्ष हो क्या ।’ ‘ए ए अनि सोनाम भनेको चाहिँ के हो नि ?’ ‘पूण्य हो ।’ ‘अनि किन जनावर र चराहरुको नक्सा राखेका त ल्होक्षारको शुभकामनाहरुमा ?’ ‘किन भने, उहिले भगवान बुद्ध महापरिनिर्वाण अर्थात् देहत्याग गर्ने बेलामा आफ्नो परिनिवार्णबारे जनावर र चराहरुलाई पनि थाह दिन बोलाए छन् । त्यसबखत बाह्र्र वटा जनावर र चराहरु आइ पुगेछन् । आपूmलाई सम्झी आएकाले, बुद्धले तिनै बाह्र जीवहरुको सम्मानमा पालैपालो क्रमशः एक–एक वर्षको ल्होको थिति बसाइ दिएछन् ।

त्यहीँदेखि हरेक वर्ष एक–एक जीवको नाममा ल्होक्षार मान्ने परम्परा बसेको हो ।’ ‘ती बाह्र जीवहरुको नाम भनन त हौ डोल्मा ।’ ‘ल सुन है त मेरी साथी सीता ! तामाङ र नेपाली भाषामा । जीवा वा नाम्यु्रङ वा ङ्याम्यूङ् (मुसा), म्हे वा लाङ वा ग्लाप (गाई वा गोरु), च्यान् या ताक (बाघ), ह्योयी वा तावर (खरायो वा बिरालो), मुपुख्री वा डुल (गडुल वा ड्रागन), सा पुख्री वा डुल (सर्प), ता (घोडा), ल्यूग वा ग्यु (भेडा), माकर वा म्हाङ वा तिमङ्यु वा टे (बाँदर), नामे वा ज्या (चरा), खी वा नगी वा नागी (कुकुर) र फाक वा तिली वा पुण्डी वा ङ्वा (बँदेल वा सुँगुर) हुन् । यी बाह्र जीवहरुका नामको एक–एक वर्षको ल्हो खोर्लो (वर्ष चक्र) पूरा भएपछि पुनः उही जीवहरुको पालो अर्थात् नयाँ वर्ष आउँदै जान्छन् ।’

‘अनि यसपाली कुन जीवको वर्ष हो त डोल्मा ?’ ‘यसपाली च्यान् या ताक ल्हो अर्थात् बाघ वर्ष हो । यसपाली मञ्जुश्री सम्वत २८५८औं सोनाम ल्होक्षार मनाइँदैछ ।’ ‘अनि कुन तिथिमा यो पर्व मनाइन्छ त डोल्मा ?’ ‘हरेक माघ शुक्ल प्रतिपदादेखि मनाइन्छ । यो चाड माघे संक्रान्तीदेखि नै शुरु हुन्छ र महिनादिनसम्म मनाइन्छ । यो चाडलाई खासमा क्षारल्हो भनिन्छ । सजिलोका लागि जनजिब्रोमा ल्होक्षार अडिन गएको हो र आजभोलि त लोसार पो भनिन्छ त ।

‘यहाँ किन पसेका डोल्मा हामी ?’– सीताले सोधिन् । ‘यहाँ बुद्धमार्गीहरुका चाड, संस्कार संस्कृतिका लागि चाहिने सरसामान पाइन्छन् क्या ।’ डोल्माले मन्त्रहरु छापिएका पाँच रङ्गका लुङ्दर, दाज्र्यू किनिन् । ‘अनि डोल्मा ! यी कपडाहरु केका लागि र के अर्थका हुन्छन् त ?’– सीताले सोधिन् । ‘यी कपडा मन्त्रहरु छापिएका पाँचरङ्गले बनेका लुङ्दर, दाज्र्यूहरु हुन् । मन्त्रहरु मांगलिक हुन्छन् । सबै मानव, चराचर जगत, वनस्पती, पृथ्वी, सौर्य मण्डल, तारा, ब्रह्माण्ड र सृष्टीबारे मंगलमय शुभकामनाहरु लेखिएका हुन्छन् । तामाङ मात्र होइनन्, देशका, संसारका सबै मानिसहरुका लागि शुभमंगलको कामना गरिएका हुन्छन् लुङ्दर र दाज्र्यूहरुमा । यी लुङ्दर, दाज्र्यूहरु घरमा, सार्वजनिक ठाउँमा, अग्ला ठाउँमा फहराइन्छन् ।’ डोल्माले यति भनेपछि सीताले भनिन्– ‘आहा कति राम्रा कुरा हो कि डोल्मा !’

‘अरु मानिसहरु खुशी र सुखी नभई कसरी बौद्धमार्गी र तामाङहरु मात्र खुशी र सुखी हुन सक्छन् ? जसरी हिन्दूहरुले पनि सबैका लागि शुभमंगल अंकित ध्वजापताका, तोरण राख्छन्, हो त्यस्तै हुन् यी लुङ्दर, दाज्र्यूहरु । रुप मात्र भिन्न तर अर्थ र सन्देश एकै ।’ डोल्माले अथ्र्याइन् ।

डोल्माले धुपधुँवारका लागि साङ्ग धुपहरु पनि किनिन् । ‘यो चाहिँ के हो नि डोल्मा ?’ ‘बुद्धमार्गीहरुका पुजा, चाड र संस्कारमा चाहिने विशेष किसिमको धुप हो क्या । यसलाई साङ्ग धुप भनिन्छ । यो धुप हिमाल, पहाड र तराइका विभिन्न भागमा पाइने धुप्पी रुखका धुप, वनस्पती, पूmल, खोटो, बोक्रा, जडीबुटी र खनिज पदार्थहरु मिसाएर तयार गरिएको हुन्छ । धेरै प्राकृतिक तत्व मिसाएर बनाएकाले यसको धुँवा र बास्नाले वातावरण स्वच्छ राख्दछ । डोल्माको कुरा सुनेपछि सीताले भनिन्– ‘अहो कति वैज्ञानिक कुरा रहेछ बौद्ध परम्परा ।’

डोल्मा ल्होक्षार पर्वमा खाइने परिकारहरुका लागि सामान किन्नतिर लागिन् । यतिकैमा सीताले सोधिन्– ‘ल्होक्षारमा के के खानेकुरा खाने गरिन्छ डोल्मा ?’ ‘ल सुन है त सीता !’

दुची (दुइचे): ङारसुम (गुलिया तीन) चिनी, सखर, मह । कारसुम (सेता तीन) दूध, दही, नौनीघिउ । सेरसाङ (पवित्र रत्न) फलाम, तामा, सुन र चाँदीको पानी ।

छेमार (फेम्बेर÷फेमार): आधा दुचीमा मकै, गहुँ वा चामल कुनै एकको सातु मिलाइ छेमार बनाइन्छ ।

खाप्सेः गहुँ, जौ, चामल वा त्यस्तै अन्नको पीठोलाई चिनी र घ्यू सँग मुछेर विभिन्न आकृतिमा काटेर घ्यूमा पकाइन्छ (तारिन्छ) ।
बालडुः सकेसम्म तीते फापर, फापर वा सेतो कोदोको पीठोबाट विभिन्न आकृतिमा पानीमा उमालेको, उसिनेको ।
गु–थुकः नौ थोक मिलाएर बनाएको खाना तयार पारिन्छ । जसलाई गुथुग, गुथुग्पा पनि भनिन्छ । गु–थुक सँगै भाग्य चिन्ने शुभ चिन्ह वा प्राणीहरुको संकेतहरु राखेको मिष्ठान वा खाद्यान्न राखिन्छ ।
कन्दमूलः तरुल, भ्याकुरहरु र विशेष वनतरुल, फलपूmल ।

आलुमः गहुँ वा कोदोको पानी रोटी । कारणवश यी खानेकुराहरु जोहो गर्न नसके, खीर या सेलरोटी या सादा बाबर मात्र खाएर पनि चाड मान्न सकिन्छ ।

‘अहो डोल्मा ल्होक्षारमा खाइने खानेकुराहरु त सन्तुलित आहार पो रहेछन् । पौष्टिकताले भरिपूर्ण पनि । मलाई यी परिकारहरु वैज्ञानिक पनि लाग्यो । ल्होक्षार पर्व त सबै नेपालीले मनाउनुपर्ने रहेछ र यस्ता आहारहरु खान पाइने रहेछन् । अनि सबै नेपाली र संसारभरका मानव, चराचर, वनस्पति लगायत सौर्य मण्डलदेखि तारा र ब्रह्माण्डको लागि शुभमंगलको कामना गरिने रहेछ । सपरिवार भेला भएर पूजा गरी, सानाले ठूलासँग आशीर्वाद लिइने रहेछ र सबैले सँगै ल्होक्षारका प्रसाद र खानाहरु खाइने रहेछ ।

आहा यो पो हो त खाट्टी नेपाली चाडपर्व हो कि डोल्मा !’ ‘हाम्रो चाडबारे धेरै कुरा सोध्यौ । तिमीलाई हाम्रो चाड मन पर्छ र सीता ?’ ‘किन मन नपर्नु र डोल्मा ! आबुइ के भनेकी तिमीले । यदि कसैले दशैं मन पर्दैन भनेमा दशैं मान्नेहरुलाई कति नमिठो हुन्छ ? त्यस्तै त हो नि, होइन त डोल्मा ?’

‘तर सीता ! यहाँ यस्तै भइरहेको छ ।’ बीचैमा सीता बोलिन्– ‘यसैकारण त हामी नेपाली नेपालीबीच विभाजनका रेखा कोरिएका छन् । अब तिमी हामी नयाँ पुस्ताले विभाजनका रेखाहरु मेटाउनुपर्छ । हामी सबै नेपाली एकै हौं, समान हौं, हाम्रो देश एउटै नेपाल हो ।

देश बाहिर भए पनि सबै नेपाली हौं । एकले अर्काको चाडपर्वको सम्मान गर्नुपर्दछ र सबै नेपालीका चाडपर्वहरु सबै नेपालीले मनाउनुपर्दछ र मात्र हामी साँच्चै नेपाली हुन सक्दछौं ।’ ‘ए त्यसो हुन सकेता कति राम्रो हुने थियो हो कि सीता !’ डोल्माको कुरामा सीता भन्छिन्– ‘हुन्छ डोल्मा अवश्य । भनिहालेँ नि हामी नयाँ पुस्ताले यो अभियान थाल्नुपर्छ । अनि अरु के–के हुन्छन् डोल्मा ल्होक्षारमा ?’

‘होइन हौ यसैपाली नै सबै कुरा जान्ने र ? आउने सालका लागि पनि बाँकी राखन है सीता जिज्ञासाहरु ल । घरभरी काम छन्, अब घर जाऔँ है सीता !’ ‘ए हुन्छ त लु घर जाऔँ । आगामी सालमा अरु धेरै कुरा सिकाऊ है डोल्मा !’ अनि सीता अनायासै बोलिन्– ‘आऔँ, हामी सबै नेपाली मिली मांगलिक, पूण्य र वैज्ञानिक चाड ल्होक्षार मनाऔँ । ल्होक्षारमा धुपधुँवार गरि वातावरण स्वच्छ पारौँ, सन्तुलित, पौष्टिक खाना खाँआँै र दाज्र्यूहरु ठड्याई एकापसमा, संसारभर शुभमंगल, सद्भाव, प्रेम र शान्तिको सन्देश पैmलाऔँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here