फेसबुक मेसेन्जरमा बिना अनुमति ‘स्क्रिन सट’लिँदै हुनुहुन्छ ?

0
612

काठमाडौं ।

सामाजिक सञ्जालमा हुने सुरक्षा प्रणाली सूचना प्रविधिसम्बन्धी सबै कम्पनीहरुलाई टाउको दुखाइको विषय बन्ने गरेको छ । त्यही भएर पनि आफ्नो ती कम्पनीहरु सुरक्षा प्रणाली दुरुस्त राख्न रातदिन घटिरहेका हुन्छन् ।

यस्तैमा मेटाले फेसबुक मेसेन्जरको फिचर्समा केही परिवर्तन गरेको छ। फेसबुक मेसेन्जरमा कुरा गर्ने क्रममा स्क्रिन सट लिए तुरुन्तै अर्को व्यक्तिमा पनि नोटिफिकेशन आउने बनाइएको छ । मेसेन्जरको सुरक्षा प्रणालीलाई दुरुस्त राख्न एन्ड टु एन्ड एन्क्रिप्टेडको सपोर्ट पनि दिइएको छ ।

पछिल्लो समय फेसबुक मेसेन्जरमार्फत् अपराधिक गतिविधि हुन थालेपछि मेटाले यस्तो फिचर ल्याएको बताइएको छ । त्यस्तै फेसबुकले मेसेज रियाक्सन फिचर पनि जारी गरेको छ ।-अन्नपूर्ण पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here