कारसहित २४ लाखको लत्ताकपडा र जुत्ता चप्पल बरामद

0
454

झापा, 

सशस्त्र प्रहरीले कारसहित २४ लाखको लत्ताकपडा र जुत्ता चप्पल बरामद गरेको छ।

काँकडभिट्टा आसपास क्षेत्रबाट भन्सार छलेर नेपाल भित्र्याइएको उक्त लत्ताकपडा र जुत्ता चप्पल सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरी टोलीले शनिबार राति १० बजे बरामद गरेको हो।

सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–६ स्थित टोकला चिया बगान अगाडि पूर्वतर्फ गइरहेको बा १५ च २७८४ नम्बरको कारलाई रोकेर चेकजाँच गरेका थिए।

कारभित्र प्लाष्टिकको बोरामा प्याक गरी लैजान लागेका विभिन्न प्रकारका लत्ताकपडा र जुत्ताचप्पल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद लत्ताकपडा, जुत्ताचप्पल र कारलाई २४ लाख मूल्याङ्कन तोकेर आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको जनाइएको छ। पछिल्लो समयमा पूर्वी नाकाबाट तस्करी गतिविधि मौलाएपछि प्रहरीले सक्रियता बढाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here