प्रदेश नं १ मा ४६२ मा सङ्क्रमित थपिए

0
370

विराटनगर, 

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ६४० जनाको पिसिआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा तीन, इलाममा दुई, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र खोटाङमा एक÷एक र प्रदेश बाहिरका २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्थानीय पालिकाअनुसार १३७ स्थानीय पालिकाअन्तर्गत ३९ वट स्थानीय तहमा कोरोना सङ्क्रमण देखिएको छ भने मोरङको विराटनगरमा ६३ र सुनसरीको इटहरीमा २४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

प्रदेशमा आजै ३६९ महिला ६७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित तीनजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर छ हजार २०० छ भने सङ्क्रमणमुक्त दर पनि बढेर गएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here