पथरीशनिश्चरेमा विद्यार्थीहरूलाई मोर्डना खोप लगाईदै

0
651

छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई कोरोना भाईरसविरूद्ध खोप लगाउन थालिएको छ । विद्यालय जाने १२ वर्ष पुरा गरी १८ वर्षमा प्रवेश नगरेका सम्पूर्ण विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्ध मोडर्ना खोपको पहिलो मात्रा प्रदान गरिने भएको हो ।

आईतबारदेखि विद्यार्थीहरुले आफ्नो उमेर खुल्ने आधिकारिक कागजात सहित उपस्थित भैं खोप लगाएका हुन् । नगरका १० वटै वडाहरुमा माघ -१६ देखि २० गतेसम्म संचालन हुने उक्त खोप हिजो वडा नं -५ , ७,९ र १० मा खोप संचालन भएको थियो ।

वडा नं ५ को सुगाहाट माध्यमिक विद्यालय खोप केन्द्रबाट सोहि विद्यालय सहित सुगाब्लक बोडिङका १२ वर्ष माथिका विद्यार्थीहरुले खोप लगाएका थिए । सोहि दिन वडा नं -७ को चन्द्र किरातेश्वर मा. वि.खोप केन्द्रमा सोहि विद्यालय सहित दुर्गा मा. वि .तथा निसाम बोडिङ्गका विद्यार्थीहरूले खोप लगाएका छन् भने वडा नं -९ को सिंह वाहिनी माविको खोप केन्द्रबाट सोहि विद्यालय सहित के वी मेमोरियल , पूर्व क्षितिज वोर्डिङ , बाल नमुना विद्या मन्दिर , ब्राइट केरियर बोर्डिङ र आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई खोप लगाइएको थियो । त्यस्तै , वडा नं -१० को हिरक आधारभूत विद्यालय र अरूणोदय बोर्डिङ्ग स्कूलका विद्यार्थीले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।

यसै गरी , आज माघ -१७ गते कञ्चनजंघा बोडिङ र दुर्गा आधारभुत विद्यालयका छात्र- छात्राका लागि वडा नं. ६ स्थित कञ्चनजंघा बोर्डिङ्ग खोप केन्द्रको रूपमा तोकिएको छ भने वडा नं ५ को अमरसिंह मा. वि. लाई अमरसिंह मा. वि. र ग्लीम एकाडेमीका विद्यार्थीहरूलाई खोप केन्द्र तय भएको छ । त्यस्तै , वडा नं -१ को भूपु सैनिक मावि खोप केन्द्रमा सोहि विद्यालयका विद्यार्थी सहित सुनाखरी माविका विद्यार्थीलाई पनि खोप लगाउने कार्यक्रम तय भएको छ भने वडा नं -३ को जनता मावि खोप केन्द्रमा सोहि विद्यालय सहित सामाजिक मावि, पेगोडा मोडेल , सांग्रिला एकेडेमी, तथा किरांत एकेडेमीका विद्यार्थीले खोप लगाउने कार्यक्रम रहेको यस अघि नै सार्वजनिक गरिएको सूचना मार्फत् स्वास्थ्य शाखाले जनाएको छ ।

उता, वडा नं -८को बुद्ध मावि खोप केन्द्रबाट सोहि बुद्ध माविसहित बाल जागरण बोर्डिङ्ग स्कूलका विद्यार्थीले खोप लगाउने छन्। सोहि वडाको मिलन आधारभुत विद्यालय खोप केन्द्रबाट मिलन मावि, ब्राइट सनराईज बोर्डिङ्ग र हाईल्याण्ड बोर्डिङ्ग स्कूलका विद्यार्थीले खोप लिदैछन् ।

यसैगरी , भोलि माघ -१८ गते वडा नं -१ को एभरेष्ट बोर्डिङ स्कुल खोप केन्द्रमा सोहि विद्यालय का विद्यार्थीहरूले खोप लगाउने कार्यक्रम तय भएको छ भने वडा नं -२ को रेडस्टार मावि खोप केन्द्रबाट सोहि विद्यालय सहित चिनारी बोर्डिङ्ग तथा संस्कृत विद्यालयका विद्यार्थीका लागि खोप लगाइने छ । सोहि वडाकै वाल्मिकी बोर्डिङ्ग स्कुल खोप केन्द्रमा सोहि विद्यालय सहित जुनतारा बोर्डिङ्ग स्कूलका विद्यार्थीले खोप लगाउदै छन्।

उता , वडा नं-४ का भगिरथ मावि र सरस्वती माध्यमिक विद्यालय खोप केन्द्रहरूमा ति विद्यालय सहित सिद्धार्थ मावि , जनकल्याण आधारभूत विद्यालय, ग्रेट ग्रेस , मेरीगोल्ड बोर्डिङ्ग,प्याराडाईज बोर्डिङ्ग स्कूलका छात्र छात्राहरुलाई खोप लगाउने कार्यक्रम तय भएको छ भने वडा नं-८को दुर्गा मावि खोप केन्द्रबाट सोहि विद्यालय सहित श्रीजंगा आधारभूत विद्यालय र चौबिसे एकेडेमीका विद्यार्थीले खोप लगाउने छन् ।

यसैगरी , माघ -१९ गते वडा नं-१ को पञ्चायत माध्यमिक विद्यालय खोप केन्द्रमा सोहि विद्यालयका दुई हजार बढी विद्यार्थीलाई खोप लगाइने छ भने सोही दिन वडा नं-७ को बालकल्याण मावि खोप केन्द्रबाट सोहि विद्यालय सहित सुपर्व बोर्डिङ्ग स्कूल र किर्तिपुर एकेडेमीका विद्यार्थीले खोप लगाउने कार्यक्रम तय भएको छ भने माघ -२० गते वडा नं -१ को अन्नपूर्ण मावि खोप केन्द्रबाट सोहि विद्यालय सहित प्यागोडा बोर्डिङ्ग स्कूलका विद्यार्थीले खोप लगाउने कार्यक्रम रहेको नगरका स्वास्थ्य शाखा प्रमुख आचार्यले जनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here