पैतृक सम्पत्ति कम दिएको भन्दै आमाको हत्या

0
338

पथरीशनिश्चरे,

पूर्वोत्तर मोरङको पथरीशनिश्चरे-२ स्थित श्रेष्ठ परिवारका एक छोराले पैतृक सम्पत्ति कम दिएको भन्दै आफ्नै वृद्ध आमालाई हत्या गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गएको ११ गते मंगलबार राति ४० वर्षे कमल श्रेष्ठले आफ्नै ९० वर्षकी बृद्ध आमालाई हत्या गरेको आशंकामा इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको हो । दिनहुंजसो आफुलाई कम्ति जग्गा- जमिन दिएको भन्दै आफ्नै आमामाथि पटक-पटक झैँ – झगडा र अभद्र व्यवहार गर्दै आएका कमलले नै मंगलवार राति आफ्नै वृद्धा आमामाथि कुटपीट गरी हत्या गरेको निज अभियुक्तका दाजु भाई तथा आफन्तले आरोप लगाएका छन् ।

उनीहरुले वृद्धा आमाको हत्या गरेपछि निज अभियुक्तले एक्लै नजिकैको जयचौकस्थित जंगलभित्र लगेर टायर र मट्टीतेल प्रयोग गरी आगो लगाएर जलाएको आशंका गरेका छन् । आफन्तले र निजको दाजुभाइले मंगलवार विहानैदेखि वेपत्ता भएकी आफ्नी वृद्ध आमाको खोजीका लागि केही दिन अघि मात्र इलाका प्रहरी कार्यालय, पथरीमा खोजतलास गरी पाऊँ भनी जाहेर दिएका थियो थिए।

अभियुक्त कमलकै घरमा बस्दै आएकी वृद्ध आमालाई निक्कै अगाडीदेखि निज अभियुक्त कमलले आफुलाई जग्गा कम दिएको निहुँ र विषयमा वृद्धा आमामाथि गाली, झगडा र अभद्र व्यवहार गर्दै आएको छेउमा बसोबास गर्ने दाजुभाई तथा आफन्तले बताएका छन् ।

केही दिन अघि मात्रै ६/७ वर्ष अघि श्रीमान गुमाएकी वृद्धा आमाको नाममा रहेको जिउनी जग्गामाथि मुद्धा परी फैसला भएको थियो । अभियुक्त कमलले आफ्नै आमाको हत्या गरी जलाएको हो वा के भएको हो भन्ने सवालमा स्थानीय प्रहरीले निजलाई नियन्त्रणमा लिई निजका आफन्त र छिमेकमा रहेका निज अभियुक्तका दाजु भाईहरूसित पनि आवश्यक अनुसन्धान गरिरहेको सोहि वडाका वडाध्यक्ष यामप्रसाद गुरागाईले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here