पथरीशनिश्चरे -१ मा फरक क्षमता भएका विद्यार्थी सहितले खोप लिए

१७ माघ २०७८, सोमबार मा प्रकाशित

पथरीशनिश्चरे,

आज सोमबार वडा नं -१ स्थित भूपु सैनिक माविमा संचालित खोप केन्द्रमा दुई फरक क्षमता/ अपाङ्गता भएका विद्यार्थीहरूले पनि खोप लगाएका छन् ।

सुनाखरी माविका कक्षा -७ मा अध्ययनरत दृश्टिवीहिन मनोज तोलाङ्गी र अर्को स्कूलमा पढ्दै आएका एक १८ वर्षे वृनेश श्रेष्ठले खोप लगाएका हुन् । उनलाई आफ्ना बाबु हेमन्त श्रेष्ठले ह्वील चेयरमा राखेर नजिकमा पर्ने उक्त खोप केन्द्रसम्म ल्याउनु भएको थियो ।

उक्त खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मी सहित स्वास्थ्यकर्मी लक्ष्मी गुरागाई र रक्षा गजमेरले खोप लगाई दिनुभएको थियो । उक्त केन्द्रमा १२ वर्षमाथिका सुनाखरी माविका १५४ जना विद्यार्थीमध्यें १२६ जना र भुपू सैनिकका २ सय मध्यें १ सय ७५ जना बढीले खोप लगाएको खोप केन्द्र समेत रहेको भूपु सैनिक माविका भाईस प्रिन्सिपल सरोज अधिकारीले जानकारी दिनुभयो ।

कञ्चनजंघा बोडिङ र दुर्गा आधारभुत विद्यालयका छात्र- छात्राका लागि वडा नं. ६ स्थित हसन्दह क्षेत्रमा रहेका कञ्चनजंघा बोर्डिङ्ग खोप केन्द्रबाट र वडा नं ५ को अमरसिंह मा. वि. केन्दबाट अमरसिंह मा. वि. र ग्लीम एकाडेमीका विद्यार्थीहरूलाई खोप लगाईएको छ । त्यस्तै , वडा नं -३ को जनता मावि खोप केन्द्रमा सोहि विद्यालय सहित सामाजिक मावि, पेगोडा मोडेल , सांग्रिला एकेडेमी, तथा किरांत एकेडेमीका विद्यार्थीले खोप लगाएका छन् ।

यसैगरी आजै वडा नं -८ को बुद्ध मावि खोप केन्द्रबाट सोहि बुद्ध माविसहित बाल जागरण बोर्डिङ्ग स्कूलका विद्यार्थीले खोप लगाएका छन्। सोहि वडाको मिलन आधारभुत विद्यालय खोप केन्द्रबाट मिलन मावि, ब्राइट सनराईज बोर्डिङ्ग र हाईल्याण्ड बोर्डिङ्ग स्कूलका विद्यार्थीले खोप लिएका नगर अस्पतालका पथरीशनिश्चरेका स्वास्थ्यकर्मी याम खड्काले जनाएका हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here