दानाबारी रेडक्रसको साधारण सभा सम्पन्न

0
830

विमल दहाल, माई ।

नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको १७औं साधारण सभा संस्थाको सभाहल सितलीमा सोमवार सम्पन्न भएको छ ।

स्वास्थ्य मापदण्ड अपनाई सिमित सहभागितामा सम्पन्न साधारण सभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माईका मेयरदिपककुमार थेवेले व्यानर वाचन र सत्र वटा मैनबत्ति प्रज्वलन गरी गर्नु भएको थियो। मेयर थेवेले मन,वचन र कर्मले मानवीय सेवा गर्ने पबित्र संस्था रेडक्रसमा रहि समाज सेवा गर्ने आफुलाई पनि चाहाना भएको बताउनुभयो ।

वहाँले भेदभाव रहित मानवीय कर्ममा लागेको रेडक्रस दानाबारीलाई चालु आर्थिक बर्षमा ५ लाख र जिल्ला शाखा ईलामलाई २ लाख नगरको तर्फबाट सहयोग प्रदान गरिएको समेत जानकारी दिनुभयो । विशेष अतिथि सानिमा माई हाईड्रोपावर लिमिटेड माईका कोडिनेटर राजिवकुमार ओझाले दानाबारी रेडक्रस संगको सहकार्यमा धेरै सामाजिक कार्य गरिएको भन्दै निरन्तर सहकार्य गर्ने धारणा राख्नुभयो ।

उपशाखा पुर्व सभापति कृष्ण खाकीले कोभिडका कारण ३ सय सदस्य रहेको शाखामा सिमित सदस्यको सहभागितामा संक्षिप्त साधारण सभा सम्पन्न गरिएको बताउदै आगामी ६ महिना पछी साधारण सभा सम्पन्न गरिने वताउनुभयो । उपशाखा सभापति मित्रप्रसाद गौतमले अहिलेको अवस्थामा उपशाखाले जुन प्रगति गरेको छ त्यसको श्रेय सम्पूर्ण आजीवन सदस्य, माई नगरपालिका परिवार र सानिमा माई हाइड्रोपावर लाई जाने बताँउदै आगामी दिनमा यस्तै खाले रचनात्मक सहयोगको आशा उपशाखाले राखेको प्रस्ट पार्नु भयो ।

दानाबारी रेडक्रस सभापति मित्रप्रसाद गौतमको सभापतित्व, सचिव हरिप्रसाद गुरागाईको सञ्चालन र उपसभापति सेतु तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कोषाध्यक्ष शिव आचार्यले २ लाख १४ हजार ३५ रुपैयाको प्राप्ति र भुक्तानी विवरण तथा सचिव गुराँगाईले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here