बाह्रदशी आयुर्वेद स्वास्थ्य शाखाद्वारा गाउँगाउँमा कोभिड  विशेष  सचेतना कार्यक्रम

0
718

झापा, झापाको बाह्रदशी गाउँपालिकामा रहेको आयुर्वेद स्वास्थ शाखाले कोभिड विशेष एक दिने विशेष कार्यक्रम सञ्चालन गरेको छ ।
आयुर्वेद स्वास्थ्य सेवाको पहुँच नपुगेका व्यक्तिहरुका लागि एक दिने सचेतना मूलक कार्यक्रम सञ्चालन गरेको हो ।
वाह्रदशी ५ स्थित ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रमको उद्घाटन गाउँपालिका प्रमुख खड्ग प्रसाद राजवंशीले गरेका थिए । सो कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीका डा अनिलकुमार यादव, अर्जुनधारा नगरपालिका आयुर्वेद स्वास्थ्य शाखाका अनिल कुमार ठाकुर र योग प्रशिक्षक रुद्र ओलीले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा वाह्रदशी गाउँपालिकाका सात वटै वडाका अतिविपन्न, दलित , आदिवासी जनजाति सहित आयुर्वेदको पहुँच नपुगेका व्यक्ति सहभागी थिए ।
वाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाका प्रमुख जटाशंकर झाले स्वागत गरेको कार्यक्रममा वाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद गुरागाई, वडा नम्वर ६ का वडाध्यक्ष रत्न प्रकाश योङ्हाङ्ग, वडा नम्वर ४ का वडाध्यक्ष समिम मिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आयुर्वेद औषधालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र कटुवालको अध्यक्षतामा भएको कार्यक्रम अनिल ठाकुरले सञ्चालन गरेका थिए ।
यस अघि पनि आयुर्वेद औषधिको प्रयोग र यसबाट हुने फाइदाका विषयमा महिला स्वास्थ्य स्वम सेविकाहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
कोभिड संक्रमित विरामीका लागि आयुर्वेद औषधि फलदायी देखिएपछि वाह्रदशीमा आयुर्वेद प्रतिको विश्वास बढेसंगै गाउँपालिकाले समेत गाउँ गाउँमा आयुर्वेद सचेतना शिक्षा सञ्चालन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here