पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा वडा नम्बर ३ मा लोपोन्मुख बालन र सङ्गिनी प्रस्तुत भएको छ ।
स्थानीय पाथीभरा बालन समूहको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नेपालीलाई चिनाउने यस्ता प्रकारका संस्कृति जोगाउन अब युवा पुस्ता लागू पर्नेमा जोड दिनु भयो ।
पाथीभरा बालन समूहले बालन र जागरुक महिला हरिकिर्तन समूहले सङ्गीनी प्रस्तूत गरेका हुन्।
भूवनेश्वर पोखरेलले अध्यक्षता गर्नुभएको कार्यक्रममा कार्यपालिका सदस्य मैनादेवी फूयाल आचार्य, ३ नम्बर वडा सदस्य देवीप्रसाद घिमिरे, ज्येष्ठ नागरिक एकता समन्वय समिति नगर अध्यक्ष नेत्रप्रसाद दहाल सहित अतिथी रहनु भएको थियो ।































