पथरीशनिश्चरेमा पहिलो र तेस्रो मात्रा पूरा गर्नेलाई बुष्टर डोज लगाईने

0
473

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरक्षेत्रमा कोरोना भाईरस विरुद्ध कोभिसिल्ड खोपको दोस्रो मात्रा पूरा गरेका नागरिकलाई बुष्टर डोज लगाईने भएको छ ।

कोभिङ १९ विरुद्धको बुष्टर डोज आगामी २४ गतेदेखि २६ गतेसम्म ३ दिन संचालन हुने भएको हो ।

गएको आषाढ मसान्तसम्ममा कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाई ६ महिना पुरा गरेका सम्पूर्ण नागरिकहरुको लागि कोभिसिन्ड खोपको थप मात्रा -बुष्टर डोज लगाउने कार्यक्रम तय भएको नगरस्थित स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जनाउनुभएको छ ।

बुष्टर खोप लगाउन आउनेहरूले यस अघि पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड साथैमा लिएर वडा नं -२ को नगर अस्पतालमा उपस्थित हुनु पर्ने स्वास्थ्य शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here