पथरीशनिश्चरे,

गत १६ गते दिउँसो एक बजे मोरङ्गको सुनवर्षी -६ को सडक खण्डमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामानसहित एक जनालाई प्रहरीले पक्राऊ गरेको छ ।
गोप्य सुचनाको आधारमा प्रचौ डायनियाबाट गस्तीमा खटिएको प्रहरी सहायक निरीक्षकको टोलीले चेकजाँच गर्ने क्रममा सोहि नगरपालिका-९ बस्ने वर्ष २९ की मन्जु सहनीलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउदै गरेको निजले बोकेको लेडिज ब्यागभित्र प्लाष्टिकमा टेपले बेरी पोकाभित्र चाँदी जस्तो देखिने धातुका विभिन्न पायल ठुलो २० थान ,सानो पायल ११८ थान, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ वटा गरी कूल ७ के.जी. ४६ ग्राम तौल बराबरको करिव सात लाख मूल्य बराबरको चाँदीको गहनासहित निजीलाई प्रहरीले पक्राऊ गरेको छ ।
निजलाई थप आवश्यक कारवाहीको लागि मोरङ्गको विराटनगर,रानीस्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।































