खोटाङ ।

खोटाङको रावाबेशी गाउँपालिका–५ भदौरे स्थित सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ढुंगा बोक्न जादै गरेको प्रदेश २–०३–००१त ३२९४ नम्वरको ट्याक्टर सडक साईडमा कोल्टे परी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका रावाबेशी–५ का रोशन बिक ट्याक्टरबाट लड्दा चक्काले किच्दा को घटना स्थलमा नै मृत्यु भएको थियो ।
ट्याक्टर र चालक रावाबेशी–३ का रोशन भुजेललाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































