झापा ।

झापाको बिर्तामोड नगरपालिका–६ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–८ का २७ बर्षीय बमबहादुर लेप्चा रहेका छन । पूर्वतर्फ गईरहेको बा ०३–००१ ख २१४० नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–१५ प १७६५ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक लेप्चा र मोटरसाईकल पछाडि सवार सोही स्थानका २५ बर्षीय नारद लेप्चा घाईते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा बमबहादुर लेप्चाको मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र चालक मकवानपुर भीमफेदीका सन्तोष निजारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।































