विद्यार्थीलाई लगाइएको कोरोना विरुद्धको खोपको अनुगमन

0
518

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा आज १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीका लागि लगाइएको कोरोना भाइरस विरुद्धको ‘मोर्डना’ खोप लगाउने कार्यको अनुगमन गरिएको छ ।

नगरको सबैभन्दा बढी विद्यार्थी संख्या रहेको वडा नम्बर १ को पन्चायत माविमा लगाइएको खोप तथा नयाँ भवनको पनि अनुगमन गरिएको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जनाउनुभयो ।

माघ १६ देखि २० गतेसम्म १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीका लागि लगाइएको कोरोना भाइरस विरुद्धको ‘मोर्डना’ खोप लगाउने कार्य संचालन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here