पथरीशनिश्चरे, 
मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा मोर्डना खोप कार्यक्रमको अनुगमन गरिएको छ ।
बुधबार १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीका लागि लगाइएको कोरोना भाइरस विरुद्धको उक्त खोप कार्यको अनुगमन गरिएको हो ।
नगरको सबैभन्दा बढी विद्यार्थी संख्या रहेको वडा नम्बर १ को पन्चायत माविमा लगाइएको खोप तथा नयाँ भवनको पनि अनुगमन गरिएको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जनाउनुभयो ।
माघ १६ देखि २० गतेसम्म १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीका लागि लगाइएको कोरोना भाइरस विरुद्धको ‘मोर्डना’ खोप लगाउने कार्य संचालन भैरहेको नगरस्थित स्वास्थ्य शाखाले जनाएको छ ।































