नेपाललाइ ७ अर्व ५० करोड अनुदान दिने भारतको तयारी

0
477

भारत,

भारत सरकारले नेपाललाई चालु आर्थिक वर्षमा नेपाललाइ ७ अर्व ५० करोड रुपैंया अनुदान दिने निती लिएको छ ।

भारतीय संसद लोकसभामा भारत सरकारले वित्त वर्ष २०२२/२३ को लागि प्रस्तुत गरेको बजेटमा नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अनुदान दिने बजेट छुट्याइएको हो ।

नेपाललाई भारतले अनुदान सहायता दिने रकम झण्डै नेपाली रुपैया १२ अर्ब रहेको हो । बजेट अघिल्लो वर्षको तुल्नामा यो बजेट रकम भन्दा कम रहेको हो । गत वर्षको बजेटले ९ अर्ब ९२ करोड भारु छुट्याएका थिए । तर अहिले उक्त बजेटलाई संशोधन गदै यसपाली ६ अर्ब ५० करोड भारतीय रुपमा घटेको छ ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार प्रस्तुत गरेको वित्त वर्ष २०२२/२३ को बजेटमा विदेश मन्त्रालय अन्तर्गत भारतले विभिन्न मुलुकहरुलाई दिने अनुदान रकम छुट्याएको हो ।

भारतले सबैभन्दा बढी अनुदान रकम भुटानलाई छुट्याएको छ । भुटानलाई २२ अर्ब ६६ करोड भारु दिने भएको छ । भारतले अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई ३ अर्ब, श्रीलंका २ अर्ब, माल्दिभ्सलाई ३ अर्ब ६० करोड, मंगोलियालाई १२ करोड र अफ्रिकी मुलुकलाई २ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here