जुत्ता कारखानामा आगलागी

0
699

झापा, झापाको मेचीनगर–६ काँकरभिट्टामा रहेको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको छ ।
मेचीनगर–६, बर्मेली टोलको एस एस फुटवेयर जुत्ता कारखानामा जुत्ता उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ ।


श्याम खेतानले सञ्चालन गरेको जुत्ता कारखानामा के कारणले आगलागी भएको हो सो भने खुल्ल नसकेको प्हरीले जनाएको छ । आज दिउँसोबाट शुरु भएको आगलागी नियन्त्रणका लागि ६ वटा बरुणयन्त्र परिचालन गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । मेचीनगर नगरपालिकाको बरुणयन्त्र बिग्रिएका कारण समयमा दमकल पुग्न नसकेको स्थानीयको आरोप छ ।
जुत्ता कारखानामा ठूलो मात्रामा तेलका ट्याङकरहरु रहेकाले आगलागीबाट ठूलो क्षती हुनसक्ने स्थानीयले बताएका छन् ।
अहिले सुरक्षाकर्मीहरुसँगै स्थानीयहरुले घट्नास्थलमा खटिएर त्यहाँ रहेका तेलका ट्याङ्करहरु बाहिर निकालिरहेका छन् । भने आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here