उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नहरमा तीन बर्षीय वालकको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका–७ स्थितमा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन् ।
त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबेर अचेत अवस्थामा रहेको अधिकारीलाई उनको आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।































