विभिन्न दलबाट नेकपा-एमालेमा प्रवेश

0
696

पथरीशनिश्चरे,

नेकपा एमाले स्थायी कमिटि सदस्य एवं पार्टी जनसंगठन प्रमूख पूर्वमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम भएको छ ।

शनिबार केन्द्रिय सदस्य तथा केन्द्रीय सदस्य समेत रहनुभएका मोरङ ईन्चार्ज बिनोद ढकालको विशेष आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । केन्द्रीय सदस्य समेत रहेका सह_ईन्चार्ज युवराज बास्कोटा , प्रदेश कमिटी सदस्य कमरेडहरू , जिल्ला पदाधिकारी र सदस्यहरूको उक्त अवसरमा उपस्थिति रहेको थियो ।

दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ ! जनताको बहुदलीय जनवादको मार्गदर्शन आत्मसाथ गरौं भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा मोरङ क्षेत्र नं ३ अन्तर्गत पालिकाहरूका पदाधिकारीहरुको समेत उपस्थिति रहेकाे सो बैंठकमा नेकपा एमाले, पथरीशनिश्चरे नगर कमिटीमा विभिन्न दलका फाैद बहादुर खड्का,तेजन्द्र राजभण्डारी र पूर्ण लिम्बू लगाएत प्रवेश गरेका थिए ।

उनीहरूलाई नेताहरुले दोसल्ला र टिका लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो ‌।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here