रहिनन् भारतीय गायिका लता मंगेस्कर

0
777

काठमाडौं ।

भारतीय गायिका लता मंगेस्करको निधन भएको छ। उनको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनको अवस्था गम्भीर बन्दै गएपछि आइसियूमा राखेर उपचार भइरहेको थियो। ९२ वर्षीया मंगेस्करले ३० हजारभन्दा बढी गीत गाएकी छन्। उनले नेपाली गीतमा पनि स्वर भरेकी छन्।

उनी भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्ड लगायतका विशिष्ट अवार्डबाट विभूषित भएकी थिइन्। उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here