‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को विजेता बनिन् कृपा पौडेल

0
549

झापा ।

गायन रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स नेपालको उपाधि झापा विर्तामोडकी कृपा पौडेलले जितेकी छन्।

शनिबार राती भएको ग्राण्ड फिनालेमा कृपाले सबैभन्दा बढी भोट ल्याउँदै विजेता घोषित भएकी हुन्। १४ वर्षीया कृपाले उपाधिसँगै १६ लाख नगद हात पारिन्।

ग्यालेक्सी फोर के टेलिभिजनमा विगत १८ हप्तादेखि प्रसारण भइरहेको सारेगमपको फाइनलमा चार प्रतिस्पर्धीलाई उछिन्दै कृपाले उपाधी जित्न सफल भएकी हुन् । त्यस्तै प्रतियोगिताको दोस्रो स्थान पनि झापाकै रोशा फुयलले जितिन् ।

झापा मेचीनगरकी १४ बर्षीया रोशले दोस्रो स्थान प्राप्त गरिन् भने सेकेन्ड रनरअप भारत सिलिगुडीका आदित्य विश्वकर्मा भए।

टप फाइनालिस्टमा कृपा, रोशा र आदित्यसँगै अभिज्ञा घिमिरे र अरुण सुनार परेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here