ब्राइट बिग्निङ एकाडेमीमा सरस्वतीको मूर्ती स्थापना

0
276

अर्जुनधारा ।

सरस्वती पूजाको सन्दर्भमा आइतबार झापाको अर्जुनधारा–४स्थित ब्राइट बिग्निङ एकाडेमीमा सरस्वतीको मूर्ती स्थापना गरिएको छ ।

अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देल र विद्यालयका सल्लाहकार विनोदकुमार ओलीले संयुक्तरुपमा स्थापना गरिएको उक्त मूर्तीको समुद्घाटन गरेको विद्यालयकी सञ्चालक जीना ओलीले जानकारी दिइन् ।

फाइबरको प्रयोग गरी कुल २२ हजार रुपैयाँको लागतमा निर्माण भएको मूर्तीको उचाई ३.५ फिट भएको बताइएको छ ।

समुद्घाटन अघि वैदिक विधि अनुसार मूर्तीको पञ्चवास, स्नानविधि, षडंग न्यास, प्राण प्रतिष्ठा, पूजाअर्चना र दशांस हवन गरिएको पूजा कार्यमा संलग्न धामका मूल अर्चक सिग्देलले बताए ।

सोही कार्यक्रममा नयाँ भर्ना भएका नानीहरुलाई अक्षरारम्भ र सहभागि अतिथि, अभिभावक र विद्यार्थीहरुलाई प्रसाद वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here